राैतहट १६ चैत ।
मानव बेचविखनको उच्च जोखिममा रहेका ८ जना नेपाली बालकलाई उद्धार गरेको छ ।
सामुदायिक विकास तथा सचेतना नेपालको पहल तथा जागृती बाल तथा युवा सरोकार नेपालको सहयोगमा बालक उद्घार गरेको छ ।
विगत १५ बर्ष देखी बालबालिकाको क्षेत्रमा काम गर्दै आईरहेको सामुदायिक विकास तथा सचेतना नेपालले भारतीय सामाजिक संस्था र भारतीय प्रहरीको समन्वयमा लामो समयदेखी भारतमा रहेका बालकहरुको उद्वार गरिएको हो ।
बालकहरुलाई राष्ट्रिय बाल अधिकार परिषद, मधेश प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय रौतहट लगायत सरोकारवाला निकायको समन्वयमा चैत १६ गते ६ जनालाई परिवारको जिम्मा लगाइएको छ । २ जनालाई मानव सेवा आश्रम मार्फत् पारिवारिक पुर्नमिलन गर्ने गरि जिम्मा लगाइएको छ ।
८ जना बालक रौतहट, सर्लाही र बाँके जिल्लाका छन् । उद्वार गरी ल्याइएका बालकहरु ११ देखि १६ वर्ष उमेर समुहका रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटको रोहवरमा भएको पारिवारिक पुर्नमिलन कार्यक्रममा सामुदायिक विकास तथा सचेतना नेपालका कार्यकारी निर्देशक दिलिप कोइरालाले स्थानीय निकायले आफ्नो पालिका भित्रको बालबालिकाको तथ्याङ्क राख्ने र बालबालिकाहरु विभिन्न प्रलोभनमा भारत र नेपालको अन्य जिल्लामा जानबाट रोक्ने पहल गर्नुपर्ने बताए । कार्यक्रममा सामुदायिक विकास तथा सचेतना नेपालका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले पारिवारीक पुर्नमिलन कार्यक्रममा सहयोग गर्ने सम्पुणर्लाई धन्यबाद दिदै स्थानीय पालिकाहरुसँग समन्वय गरि उद्धार गरेका बालकहरुको निरन्तर अनुगमन गर्ने बताए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख वीर बहादुर बुढामगर, प्रदेश बालबालिका खोज समन्वय केन्द्र जनकपुरका प्रहरी सहायक निरीक्षक विरेन्द्र कुमार मण्डल, जागृती बाल तथा युवा सरोकार नेपालका प्रतिनिधि अरविन खड्का, बालबालिका खोज तलास मधेश प्रदेश प्रतिनिधि विरेन्द्र मण्डल, सामुदायिक विकास तथा सचेतना नेपालका सचिव अनन्त बानियाँ,लगाएत संचारकर्मीहरुको पउपस्थिती रहेको थियो ।