काठमाडौँ १२ चैत। प्रतिनिधिसभा सदस्य तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले तस्कर तथा भन्सार छली प्रकरण रोक्न सरकारले दिने ४५ प्रतिशत कमिसन कसले खाइरहेको भन्दै संसदमा प्रश्न उठाएका छन ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अध्यक्ष साहले १० वर्षमा १० पटक नियमावली संशोधन गरेर कानुनको आडमा ब्रह्मलुट भइरहेको समेत आरोप लगाए ।
भन्सार ऐन र नियमावली अनुसार समातेर बुझाउनेलाई ३० प्रतिशत र सूचना दिनेलाई १५ प्रतिशत कमिसन दिने व्यवस्थालाई दुरुपयोग गरेर ब्रह्मलुट मच्चाइरहेको भन्दै नेता साहले ४५ प्रतिशत कमिसन कसले खाइरहेको भन्दै सदनमा कुरा उठाएका छन ।
जनतालाई समात्ने अधिकार नरहेको अवस्था ४५ प्रतिशत कमिसन कसले खाइरहेको छ यसबारे सदनलाई जानकारी गराउनुपर्ने नेता साहको माग रहेको छ ।