रौतहट, ११ चैत । बृन्दावन नगरपालिकाको वडा नं ६ हर्साहामा ४ कोठे सुबिधा सम्पन्न आधारभुत स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ ।
बृन्दावन नगरपालिकाका मेयर बिनोद प्रसाद कुर्मीले भवन शिलान्यास गरेका हुन् ।
टोलमा नै स्वास्थ्य चौकी स्थापना गर्न भवन निर्माणको शिलान्यास भएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् ।
नगरपालिकाका मेयर कुर्मीले जनताहरूका आधारभूत तहको आवश्यकता स्वास्थ्य सेवा र सुविधा प्राप्त गर्नु रहेकोले यो सेवा प्रदान गर्न आफ्नो र नगरबाट कुनै कसर बाँकी नराख्ने बताए ।
भौतिक पूर्वाधार र उपकरण नहुँदा नगरका बासिन्दालाई अलि ठूलो स्वास्थ्य समस्या हुने बित्तिकै चन्द्रपुर, सदरमुकाम गौर, बिरगंज, भरतपुर वा काठमाडौं जानुपर्ने बाध्यता छ ।
भवनको शिलान्यासपछि मेयर कुर्मीले ६ नम्बरका जनतालाई गुणस्तरीय सेवा दिनका लागि सुविधा सम्पन्न भवनले सहज हुने बताए ।
उहाँले निर्माण व्यवसायीलाई भवनको गुणस्तर कायम गरी समयमै निर्माण कार्य सम्पन्न गर्न आग्रह गरेका छन ।
भवन निर्माणका लागि रु ५० लाखमा टेन्डर गरिएको थियो सो भपनको निर्माण बजरंगी निर्माण सेवा कटहरियाले जिम्मा लिएको नगरपालिका कार्यालयले बताएको छ ।
निर्माण कम्पनीसँग यहीँ आर्थिक बर्ष २०७९/०८० मा सम्झौता भएको र यसै आर्थिक वर्षको जेष्ठ महिनाभित्रको अन्त्य सम्म पूर्ण रूपमा निर्माण कार्य सम्पन्न हुने जिन्सी प्रमुख रासनारायण पटेलले बताए ।
बृन्दावन नगरपालिकाका वडा नं ६ का वडाअध्यक्ष मजहर मनसुरीको अध्यक्षता भएको शिलान्यास कार्यक्रममा उपमेयर, वडाअध्यक्ष, जनप्रतिनिधि लगायत को उपस्थिति रहेका थियो ।