सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले समन्वय नगर्दा चन्द्रपुरका केही टोलका स्थानीयले खानेपानी पाएका छैनन ।
सडक विभागले चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिसंग समन्वय नगरी चन्द्रनिगाहपुर गौर सडक खण्ड चौडाइ गर्ने भन्दै राती डोजर लगाउदा चन्द्रनिगाहपुर गौर रोडका खानेपानी उपभोक्ता समस्यामा परेका हुन ।
ठेक्काको नाममा सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरको ठेकेदार कम्पनीले लापारवाही गर्दा खानेपानीको अवरुद्ध भएको हो ।
चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाद्वारा संचालित खानेपानी चैत्र १३ गतेबाट चन्द्रपुरको केही स्थानमा आपूर्ति बन्द भएको छ ।
गौर सडक खण्डको चन्द्रपुर चौक देखि तल्लो बजारसम्म सडक विस्तार र नाला निर्माणको कार्य शुरु भई चन्द्रनिगाहपुर चौक देखि दक्षिण मुस्लिम टोल देउराली चौक, तल्लो बजार, पूर्वटोल र थलही टोललगायतका ठाउँहरुमा खानेपानी अवरुद्ध भएको उपभोक्ता समितिले जनाएको छ ।