रौतहट ५ चैत । युरोपियन युनियनको आर्थिक सहयोग, अक्सफाम इन इन नेपाल तथा आर डिसि नेपालद्वारा सञ्चालित जलवायु उत्थानशिल कार्यक्रम अन्तरगत वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सम्बन्धि क्षमता अभिवृद्धि ३ दिने तालिम सुरु भएको छ ।
चन्द्रनिगाहपुरमा शुक्रबारबाट सो तालिम सुरु भएको हो । सुक्खायाम सुरु भएसँगे रौतहटको वनमा डढेलो लाग्न थालेको छ । बर्सेनि डढेलोको समस्या हुने गरेपनि नियन्त्रण प्रभावकारी हुन सकेको गुनासो छ ।
डढेलोमा परेको वन्यजन्तुलाई उद्दार तथा आगलागी नियन्त्रणका लागि जनचेतना अभिवृद्धिका लागी सामुदायिक वन उपभोक्ता समिति, कृषि सहकारी, कृषक समुह र युवा क्लवका सदस्यहरुलाई ३ दिने तालिम राखिएको आर डिसि नेपालकी फिल्ड ऑफिसर ज्योती फुयालले जानकारी दिइन् ।
तालिम मा सहभागी समुहहरु चन्द्रपुर र वृन्दावन नगरपालिका अन्तरगतका रहेका छन ।
कार्यक्रमका प्रशिक्षक सशस्त्र प्रहरी बल ११ गण हेड क्वाटर रौतहटका प्रहरी निरीक्षक उमेश ढकाल रहेको थिए । शसस्त्र प्रहरी निरिक्षक ढकालले वनमा लागेको डढेलो नियन्त्रण कसरी गर्ने विषयमा प्रशिक्षण दिएका छन ।
मानिसलाई उद्दार गर्ने विषयमा विभिन्न किसिमको तालिम दिएको सहभागी छबिलाल पटेलले बताए ।