रौतहट १३ चैत । बलुवा मदनपुरमा दुई दिने निशुल्क बृहत स्वास्थ्य शिबिर सम्पन भएको छ ।
गढिमाई नगरपालिकाको वार्ड नं.५ अन्तर्गत पर्ने बलुवा मदनपुरको ओम प्राथमिक बिधालयमा आयोजना गरिएको दुई दिने निशुल्क बृहत स्वास्थ्य शिबिर सम्पन भएको छ ।
”हाम्रो चाहना स्वास्थ्य जीवनको कामना”भनि मुल नाराको साथ मानिसहरुको स्वास्थ्य जिवनको ख्याल गर्दै निशुल्क बृहत स्वास्थ्य शिबिरको आयोजना गरि गाउँका महिला तथा पुरुषहरुको स्वास्थ्य परिक्षण तथा चेकजाँच गरिएको छ ।
लायन्स क्लव अफ काठमाडौँ आगमन तथा लियो क्लव अफ काठमाडौँको संयुक्त आयोजना स्वास्थ्य शिबिरको कार्यक्रम सम्पन भएको छ ।
लियो क्लव अफ काठमाडौँ आगमनको अध्यक्ष लियो धर्मेन यादबको अध्यक्षतामा आयोजना गरिएको निशुल्क बृहत स्वास्थ्य शिबिरमा करिब ५ सय ६० जना मानिसले स्वास्थ्य परिक्षण गराएका थिए ।
स्वास्थ्य परिक्षण गराएका मध्ये अधिकाश मानिसहरु सामान्य रोग लागेका , केहि मानिसहरुमा जटिल किसिमका रोग रहेको चिकित्सकहरुले बताएका छन ।
समान्य रोग भएका बिरामिहरुलाई शिबिरबाट निशुल्क चाहिने औषधी उपलब्ध गराएकाे छ ।
अति बिपन्न परिवारहरुको मध्य नजर गर्दै लियो क्लव अफ काठमाडौँ आगमनले शिबिरको आयोजना गरेको लियोका अध्यक्ष धर्मेन यादबले बताए ।
कार्यक्रममा लियोका अध्यक्ष यादबले काठमाडौँबाट आएका डाक्टरहरु तथा सहयोग गर्ने सहयोगीहरुलाई मायाको चिनो प्रदान गरेका छन ।
रोशन कुमार साह ,धिरु यादब,युबक राई ,प्रदिप गरुङ्गको सहयोगमा क्लवलाई यहाँ आइपुगेको बताए ।
लायन्स क्लव अफ काठमाडौँ आगमनको डिपार्टमेन्ट चिफ लियो रिता खनाल ,गंगा दाहाल , सकुन्तला गिरि ,एमाले नगर कमिटिको सदस्य नबिन यादब,पत्रकार लगायत स्थानियको सहभागिता रहेको थियो ।