रौतहट, १६ चैत । केहिदिन देखि दिनहु जसो आगलागि हुँदा करोड भन्दा बढिको धनमाल जलेर नष्ट भएको छ भने रौतहटमा एक बालिकाको ज्यान गएको छ।
रौतहटको माधवनारायण नगरपालिका वडा नम्वर ३ सखुअवा मा रहेको रिद्धि सिद्धि प्लाईबोड उधोगमा विद्युत सर्ट भएर बिहिवार बिहान करिव २ बजे आगलागि हुँदा उधोगका सामानहरु जलेर नष्ट भएको छ ।
आगो नियन्त्रणमा लिन करिव ४ घण्टा समय लागेको जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी निरीक्षक दिनेश कुवरले बताए ।
रिद्धि सिद्धि प्लाईबोडमा रहेकाे बीस लाख मूल्य बराबरको दुई वटा जनरेटर, ६३ लाखकाे फेस भिनियर र कोर भेनियर प्लाई, ५० हजारको दाउरा, दुई लाख ५० हजारको घर गरी करीव ८६ लाखको सम्पत्ती जलेर नष्ट भएको प्रहरीको भनाइ छ ।
यस्तै गौर नगरपालिका वडा नम्वर ४ सोवर्ना माई स्थित मुनिफ मियाले संचालन गरेको मुनिफि पोल्ट्रि फर्ममा बुधवार राति ९ आगलागि हुँदा पोल्ट्रि फर्म पूर्ण रुपमा जलेर नष्ट भएको छ । कुखुराको चल्ला, कुखुराको दाना, कुखुरालाई खुवाउने औषधी, लगायतको समान जलेर नष्ट हुदा करिव २३ लाख मूल्य बराबरको सम्पत्ती जलेर नष्ट भएको प्रहरी निरीक्षक कुवरले जानकारी दिए ।
यसैगरी गौर नपा ३ मचकुटियामा बुधवार सांझ चन्दन साहको खरले छाएको फुसको घरमा खाना पकाउन बालेको आगो सल्केर आगलागि हुँदा घरमा रहेका भाडाकुडा, खाद्यान्न, लत्ताकपडा गरी २ लाख ५० हजार मूल्य बराबारको सम्पत्ती नष्ट भएको थियो ।
बुधवार राति र बिहिवार रौतहटको तीन स्थानमा भएको आगलागिबाट १ करोड १२ लाख भन्दा बढिको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
चैत १५ गते ईशनाथ नगरपालिका-६ स्थित मोजिबुल रहमानको घरमा राति आगलागी हुँदा उनकी ११ वर्षीया छोरी रजिया खातुनको जलेर मृत्यु भएको थियो । आगलागीबाट रहमानको पशु चौपाया, फुसको घर जलेर लाखौँको धनमाल नष्ट भएको थियो ।