चन्द्रपुर २७ फागुन । नेकपा एमालेको कान्छो भातृ संगठन तथा बिदेशबाट फर्किएकाहरुको संगठन रिटर्नी फेडेरेसन नेपाल रौतहटको जिल्ला भेला शनिबार सम्पन्न भएको छ । चन्द्रनिगाहपुरको पार्टी कार्यालयमा आयोजित भेलामा नेकपा एमालेका केन्द्रिय सदस्य तथा रौतहट जिल्ला इन्चार्ज उद्धब प्रसाद रेग्मीले बिदेशबाट काम गरेर आउनुभएका सम्पुर्ण दाजुभाइहरु अब एक हुनुपर्ने बताउनुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका रेग्मीले अब रिटर्नी फेडेरेसनमा आबद्ध रहनुभएकाहरु एकभएर लाग्नुपर्ने दिन आएको बताउनुभएको छ ।
कार्यक्रममा नेकपा एमाले मधेश प्रदेश कमिटिकी उपसचिब आरती भण्डारी, मधेश प्रदेश सदस्य खडग बम्जन,नेकपा एमाले चन्द्रपुर नगर कमिटिका उपाध्यक्ष राजेन्द्र तिवारी लगायत नेताहरुका उपस्थीती रहेको थियो ।
उक्त जिल्ला भेलाले मिलन जर्गामगरको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन भएको छ।
कमिटीको उपाध्यक्ष बद्री बहादुर कार्की,सचिव प्रेम बहादुर श्रेष्ठ,सह सचिव शम्भु महतो,धन बहादुर थापा,राजेश खतिवडा,सुरेश लामा,मोहन कार्की,मिन प्रसाद अधिकारी,अलि बकस अन्सारी,जिवन काप्चाकी मगर लगायत रहेका छन ।रहेको १७ सदस्यीय कार्यसमिति गठन गरेको रिटर्नी फेडेरेसनका केन्द्रिय सदस्य तथा रौतहट जिल्ला इन्चार्ज खेमराज कार्कीले जानकारी दिए ।
समितिमा रौतहटको प्रत्येक पालिकाबाट २ जनाको दरले मनोनित गरी ५१ सदस्यीय समिति बनाउने जिम्मा समितिलाई दिइएको छ । समितिले १८ वटै पालिकामा पालिका कमिटी पूर्ण बनाउन पहल गर्ने इन्चार्ज कार्कीले बताए । तदर्थ समितिका अध्यक्ष मदन चौधरीको अध्यक्षतामा उक्त भेला भएको थियो ।