रौतहट १० चैत । परिपक्कव ब्यबहार , किशोर अवस्था मै समाजसेवामा लाग्ने हुटहुटी ले १८ बर्षीय रिजवान को परिचय फेरीएको छ ।
रौतहट जिल्लाको कटहरिया नगरपालिकाको वार्ड नम्बर २ जमुनियामा बस्ने रिजवानको बिधालय शिक्षा गुजारा वार्ड नम्बर ४ को माध्यमिक बिधालय कनकपुरमा पूरा भयो ।
उनी कुनै समय सोहि बिधालयमा गठन गरिएकाे बाल संरक्षण बाल क्लबका सदस्य थिए ।
रिजवानको लागि बाल बिबाह र लैंगिक असमानता तथा बाल श्रम लगायतका समस्याहरु समाजका मुलभुत सामाजिक चुनौती हुन् भन्ने बिधालय पढ्दै देखि लागिरहेको थियो ।
उनी अहिले टोल टोलमा बाल बिबाहको बिरोधमा अभियान संचालन गर्दै आएका छन ।
रिजवान भन्छन “बाल बिबाह लैंगिक असामानताको मूल जड हो । छोरीहरुको कम उमेरमा गरिने निकाह वा गवना ( बिबाह )ले कयौ पुस्ता सम्म असर गर्ने भएको ले यस बिरुद्ध सके सम्म अवाज उठाउदै छु ।”
रिजवान अहिले बिभिन्न राष्ट्रिय अन्तराष्ट्रिय फोरमहरुमा बाल संरक्षणका सवालाहरुबारे वकालत गर्छन l
बाल बिबाह,बाल श्रम तथा लैंगिक विभेदका मुद्धाहरु अहिले पनि अपराधको श्रेणीमा राखिएको छैन l समाजलाई अझै जागरुक बनाउनु पर्ने आवस्यकता रहेको उनको बुझाइ छ ।
मैले बाल क्लबका अध्यक्षको हैसियतमा बिधालय स्तरबाटै खेलेको भूमिका तथा मैले देखाएको क्रियाशिलताले यहा सम्म ल्याएको रिजवान बताउछन ।
उनले बालबालिकाहरु माथि हुने हिँसा, दमन, शोषण, अत्याचार, सामाजिक कुरीति, बाल विवाह, दाईजो प्रथा, बाल अङ्ग बेचबिखन,बाल बेचबिखन,बाल श्रमको बिरुद्धमा सधैँ आवाज उठाइ रहेका छन l
उनी बाल बिवाह,बाल दुर्रब्यबहार,बाल श्रम निरुत्साहित गर्न गठित राष्ट्रिय किशोर सञ्जालको प्रदेश सदस्यमा मनोनित भएका छन ।
त्यो संगै रिजवान वल्ड फ्रेन्डसिप अर्गनाइजेशनको बोर्ड सदस्य,, लिभिङ इन्भारामेन्ट नेपाल सकृय सदस्य ,कायापलट नामक संस्थाको जिल्ला संयोजक , युनाइटेड इन्टरनेशनल फेडेरेसन अफ युथ मा नेपालको तर्फवाट सदस्य छन ।