राैतहट ८ चैत ।जिल्लाको दुई पालिकामा भएको आन्दोलन का कारण सेवा प्रभाबित बन्दै आएको छ ।
गरुडा नगर पालिकामा मेयरपदका उमेदवार ४ दिन देखि आमरन अनसन बसि नगरले गरेका कामको जानकारी माग गर्दै आएका छन ।
अनसन बसेका यादवकाे स्वास्थ्य अवस्था कमजाेर हुन थालेपछि साेहि नगरपालिकाका नगर प्रमुख कन्तमणि प्रसाद जयसवालले अनसन स्थलमा पुगेर यादवलाई भेटी अनसन ताेडन आग्रह गरेका छन ।
नगरप्रमुख जयसवालले नगरबासीको चाहना अनुसार काम गर्ने प्रतिवद्वता समेत ब्यक्त गरेका छन ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भुदेव झाले यादवलाई भेटी मागे जतिको सबै सुचना दिने प्रतिवद्वता जनाउदै अनसन ताेडन आग्रह गरेका छन ।
यादवलाई गरुडा नगरपालिकाका उपप्रमुख पुनम चाैधरीले भेटी नगरप्रमुख जयसवालले गरेको आग्रह अनुसार अनसन ताेडन अनुराेध गरेकाी छिन ।
अनसनरत यादवले आफुले मागेको १२ बुन्दे सुचना नपाए सम्म आमरण अनसन जारी रहने बताएका छन ।
यता वृन्दावन नगरपालिकामा माग गरे अनुसारको सुचना पाउं भन्दै रिले अनसन शुरु भएको छ ।
नगर प्रमुख विनाेद पटेल कुर्मिले धेरै भ्रष्टाचार गरेको आरोप समेत उनिहरुले लगाएका छन ।
नगरप्रमुख प्रत्यासीहरु र केही निर्वाचित वडाका अध्यक्षहरु रिले अनसनमा बसेका हुन ।
विभिन्न कर्मचारीको नाममा करिब आठ करोड रुपैया पेश्की लिई भ्रष्टाचार गरेको आरोप लगाउदै नगरप्रमुख प्रत्यासि तथा नेपाली कांग्रेसका नेता राम स्नेही यादव , नगर प्रमुख प्रत्यासी तथा नेकपा एमालेका नेता प्रेम शंकर प्रसाद यादव, नगर प्रमुख प्रत्यासी तथा नेकप माओवादी केन्द्रका नेता राम प्रसाद पटेल , नगर प्रमुख प्रत्यासि तथा जनता समाजवादी पार्टीका नेता शेख हकिम,नगर प्रमुख प्रत्यासि राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पवन यादव , रिले अनसन बसेका हुन ।
वडा नम्बर २का अध्यक्ष सिकिन्द्र पटेल ,वडा नम्बर ३ का अध्यक्ष हरिनारायण साह , वडा नम्बर ४ का अध्यक्ष श्याम नन्दन प्रसाद यादव र वडा नम्बर ५ का अध्यक्ष फेकन दास सहितका निर्वाचित वडा सदस्यहरु रिले अनसन बसेका छन ।
नगर प्रमुख विनोद कुर्मी पटेलले चैत ६ गते बोलाएको कार्यपालिका बैठकमै ४ जना वडा अध्यक्षले बिरोध जनाएपछि बैठक स्थगित भएको थियो ।
बैठक स्थल वृन्दावन नगरपालिका कार्यालयबाट नगरप्रमुख विनाेद पटेल कुर्मीलाई सुरक्षित घर पुर्याउन प्रहरीले बल प्रयोग गरेको थियो ।
नगरप्रमुखले कार्यपालिका बैठकमा झेल्नु परेका समस्यालाई उदृत गर्दै प्रेस विज्ञ्पति निकालि सुचना दिन असमर्थता दर्शाए पछि सुचना मागकर्ता थप आक्रशित भएका थिए ।
पुर्व नगर प्रमुख राम स्नेही यादव , नगरप्रमुख पदका उमेदवारद्वय प्रेमशंकर प्रसाद यादव र रामप्रसाद पटेल र तथ वडा अध्यक्ष ४ जना सिकिन्द्र पटेल, हरिनारायण साह,श्याम नन्दन यादव र फेकु दासले २०७९ चैत्र १४ गते संयुक्तरुपमा निवेदन दिई १७ वुदे सुचना माग गरेका थिए ।
सुचना नपाए सम्म रिले अनशन जारी राख्ने पुर्व नगर प्रमुख राम स्नेही यादवले बताए ।