गौर ३ चैत । रौतहटमा अवैध भारतीय गुटखाको व्यापार निकै फस्टाएको उपभोक्ताहरुको भनाइ छ ।
सूर्तिजन्य पदार्थ बिक्रीबितरणमा अनिवार्य गरिएको आन्तरिक राजश्व विभागको स्टीकर नभएका अवैध गुटखा जन्य पदार्थ बिक्री हुदा नियमनकारी मौन बसेको गुनासो छ ।
सूर्तिजन्य पदार्थमा नेपाल सरकारले नियमावली नै बनाएर राजश्व कर तोकेको छ । जस अनुसार गुटखाका पत्येक प्याकेटमा आन्तरिक राजश्व विभागको छाप भएको होलोग्राम स्टीकर अनिवार्य हुनुपर्छ ।
भारतबाट भित्रने रजनीगन्धा, पायल खैनी, कालो खेनी रौतहटका बजारमा खुलेआम बिक्री हुदै आएको छ ।
भारतीय गुटखा,खैनी रौतहटका गौर, पिपा, शिवनगर गरुडा, कटहरीया र चन्द्रनिगाहपुर लगायत अन्य ग्रामिण बजारहरुमा समेत बिक्री हुने गर्दछ ।
ब्यापारीहरुले मोटरसाइकल र टेम्पु ,साइकल मा राखेर ल्याउने गरेका छन ।
१० रुपैयादेखि ५० रुपैयासम्ममा बिक्री हुने गुटखा,रजनिगन्धा आयातमा ३० प्रतिशत भन्सार महसुल र १३ प्रतिशत मूल्य अभिवृद्धि करका साथै प्रतिकिलोमा ५ सय ५४ रुपैया अन्तशुल्क लाग्ने गरेको भन्सार कार्यालय गौरले जनाएको छ ।
गुटखा,सुर्ति कारोबारीले ग्रामीण नाकाबाट मात्र नभई गौर स्थित मुख्य नाकाबाटै गुटखा तस्करी गर्ने जानकारहरु बताउछन ।
बंकुल, राजपुर, औरैया लगाएतका नाका र बाराको मटिबरवा, सिम्रौनगढ लगायतका नाकाबाट साइकल, मोटरसाइकल र पिकअप जिपमा सुर्ति, गुटखा ल्याउने गरेका छन ।
अनुगमन तथा नियन्त्रण गर्ने प्रहरी प्रशासन मौन बस्दा गाउदेखि बजार सम्म गुट्खा तथा सुर्तीजन्य पदार्थ खुलेआम बिक्री हुनेगरेको छ ।