Wednesday, January 22, 2025

राजमार्ग आसपास काठ तस्करी बढेपछि नाकाहरुमा खाडल खनेर अवरोध

पछिल्लाे समाचार


चन्द्रपुर, १ फागुन । राजमार्ग आसपासमा काठ तस्करी बढेपछि डिभिजन बन कार्यालय रौतहटले जंगल छिर्ने नाकाहरुमा खाडल खनेको छ।
सालका गोलिया लोड गरेका सवारीसाधन आवतजावत गर्न नसक्ने गरि नाकाहरुमा खाडल बनाएको हो ।
बन कार्यालयका अनुसार डिभिजन वनअन्तर्गतको धन्सार चन्द्रनिगाहपुर, धन्सार- जगलसेया क्षेत्रका बन प्रवेश हुने नाकामा जेसीबी लगाएर खाडल खनिएको छ ।
बाटोको नाकाहरुमा ठुल्ठूला खाडल बनाएपछि तस्करीमा पनि कमी आएको वन कार्यालयको दाबी छ।
काठ चोरीगर्न जिप प्रयोग गरी सालका गोलिया तस्करी हुँदै आएको गुनासो स्थानियको थियो ।
डिभिजन वन कार्यालयका प्रमुख सुनिलकुमार कर्णले तस्करीको नाका अवरुद्ध पारेपछि अहिले काठ ओसारपसारमा कमी आएको बताए ।
तस्करी हुने सम्भावित क्षेत्रका बाटोको नाकामा खाडल बनाइसकेका छौ, ‘जंगलभित्र सवारीसाधन जान पाएन भने तस्कर कम हुन्छ , प्रमुख कर्णको भनाई छ ।
वाग्मती, पौराई, जुडिबेला, चेतनगर क्षेत्रमा समेत खाडल बनाउन थालिएको छ ।
पछिल्लो समय मोटरसाइकल,ट्रक, ट्र्याक्टर,साइकल लिएर चोरहरु बन प्रवेश गर्थे ।
वन कर्मचारीले पक्रन थालेपछि तस्करले अहिले चोरीका भारतीय जिप,मोटरसाईकल प्रयोग गर्न थालेको वन कार्यालयले जनायो ।
बन कार्यालयले यसै आर्थिक वर्षको साउनयता ८ महिनामा दुईवटा चोरीका जिप सालको गोलियासहित बरामद गरेको छ ।
वन कार्यालयले काठ दाउरा लोड गरिएका २६ थान साइकल बरामद गरेको छ । त्यस्तै, अटो रिक्सा चार बरामद गरेको प्रमुख कर्णले बताए । काठ तस्करीमा सलग्न रहेको आरोपमा २६ जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ ।बनको गस्ती टोलीले एउटा ट्रक ,एक दर्जन टेक्टर सहित करीव ११ सय क्युफिट काठ बरामद गरेको बन कार्यालयले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु