चन्द्रपुर,४ चैत । चन्द्रपुर नगरपालिकाको एक सामुदायीक विद्यालयको अवस्था दयनिय रहेको पाइएको छ ।
चन्द्रपुर ५ स्थित राजपैडामा रहेको आधुनिक प्राथमिक विद्यालयमा कक्षा कोठा अभाव भएका कारण एउटै कोठामा दुई वटा कक्षा संचालन हुँदै आएको छ ।
सो विद्यालयको कक्षा ३ र ४ एउटा कोठामा कक्षा ५ र किचेन एक ठाउमा कक्षा १ र २ एउटा कोठामा बिधार्थी राखेर पढाउनु पर्ने बाध्यता रहेको बिधालयका शिक्षकले बताएकाछन् ।
सो विद्यालयको सुधारका लागि नगरपालिका,वडा कार्यालयमा अनुरोध गरेपनि सुनवाइ नभएको शिक्षकहरुको गुनासो छ ।
बिधालयमा बालकक्षामा पढने ४७ जना विद्यार्थी ओछ्याउने म्याटेट्रस नहुंदा चिसो भुईमा बसेर बढन बाध्य छन् ।