Thursday, January 23, 2025

बिपन्न   दलितका घर बन्यो, शौचालय छैन !

पछिल्लाे समाचार



रौतहट ३ चैत । मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत संचालित जनता आवास योजनाले गरिव तथा विपन्न परिवारलाइ घर बनाएको भएपनि शौचालय नहुदा समस्या भएको गुनासो छ ।
शहरी विकास तथा भवन कार्यालय पर्साले उपभोक्ता समिति मार्फत रौतहट जिल्लाको विभिन्न पालिकामा बनाएका घरमा शौचालय नभएका कारण उनीहरु खुल्ला स्थानमा शौच गर्न बाध्य छन ।
सरकारले दुई कोठे पक्की भवन बनाउन बजेट बिनियोजन गरेको भएपनि शौचालयका लागि बजेट बिनियोजन नगरेको शहरी विकास तथा भवन कार्यालय पर्साका निमित्त कार्यालय प्रमुख मदन रायले बताएका छन ।
आर्थिक बर्ष २०७६ / २०७७ देखि  गरीब तथा दलितको आवास  को योजना सरकारले शुरु गरेको थियो ।
रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ५ मोतीपुर पुगेका निमित्त कार्यालय प्रमुख रायसंग स्थानीयले शौचालय नभएको गुनासो गरेका छन ।
आफ्नो जमिन समेत नभएकोले समेत शोचालय बनाउन नसकेको उनिहरुको भनाइ छ ।
शहरी विकास तथा भवन कार्यालयले दुई कोठे पक्की घर बनाएर दिएको भएपनि शौचालय बनाउने तीर ध्यान नदिएको कारण खुल्ला स्थानमा गाउलेहरु शौच गर्न बाध्य रहेकाे चन्द्रपुर ८ का स्थानीय युवा सरोज बछारको भनाइ रहेको छ ।
रौतहटमा २ हजार ३ सय ५० परीवारलाइ घर निर्माण गरेको छ ।
सरकारले बिपन्न परीवारको घर बनाउन एक परिवारलाइ सरकारले ३लाख ३६ हजार उपलब्ध गराएको छ ।
छाना नराखेको घरको छाना राख्ने र रकम भुक्तानी दिनका लागि स्थलगत अनुगमन शुरू गरिएको भएपनि स्थानीयले भने घर संगै शौचालय समेत हुनुपर्ने माग राखेका छन ।
कार्यालय प्रमुख रायले रौतहटमा आर्थिक वर्ष २०७६/०७७ मा १ हजार घर र आर्थिक वर्ष ०७७/०७८ मा १३५० गरी जम्मा २ हजार ३ सय ५० घर निमार्ण भएकाे बताएका छन ।
शौच गर्नका लागि सांझ बिहान खेतबारीमा जानुपर्ने बाध्यता रहेको मोतीपुरकी एक महिला सुनरिया देवीले दुखेसो पोखिन ।
चन्द्रपुर नगरपालिका ५ मा मोतिपुरमा ३६ जनाको घर निर्माण गरिएको छ । घर निर्माण उपभोक्ता समितिका अध्यक्ष मन्जू माझी मुसहरले झुपडी बाट घरमा बस्न पाएको मा शुखिलागेको बताइन ।उनी शौचालय पनि सरकारले बनाईदिए सजिलो हुने बताउछिन ।
जिल्लाको राजदेवी नगर पालिका वडा नम्बर १ पथरा, वडा नम्बर ६ राजदेवी, गौर नगरपालिका वडा नम्बर २, ईशनाथ नगरपालिका वडा नम्बर २ औरैया, चन्द्रपुर ९ डुमरियामा घरहरु अधुरो छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु