Wednesday, January 22, 2025

बिपन्न दलितका अलपत्र र अधुरा घर चाडै निर्माण सम्पन्न हुन्छ

पछिल्लाे समाचार


रौतहट २९फागुन । मधेश प्रदेश सरकारकाे भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत संचालित जनता आवास योजनाको अधुरो घर चाडै निर्माण हुने भएको छ ।
अधुरो र अलपत्र काम चाडै सक्ने शहरी विकास तथा भवन कार्यालय पर्साको निमित कार्यालय प्रमुख मदन रायले बताएका छन ।
आर्थिक बर्ष २०७६/२०७७ देखि सञ्चालन मा रहेको  गरीव तथा दलित समुदायको लागि आवासको व्यवस्थापन गर्ने उदेश्यले जनता आवास कार्यक्रम शुरु भएको थियो ।
केही दिन अघि रौतहटको चन्द्रपुर नगरपालिका वड़ा नम्बर ५ मोतीपुर पुगेका निमित कार्यालय प्रमुख रायले अधुरो काम र भुक्तानीको काममा फास्टट्रयाकमा अघि बढाउन अहोरात्र खटिरहेको बताए ।
सरकारले  योजना अनुसार रौतहटमा २ हजार ३ सय ५० परीवारलाइ घर निर्माण गर्ने कार्य अघिबढेको प्रमुख रायले बताए ।
बिपन्न समुदायको घर बनाउन एक परिवारलाइ सरकारले ३ लाख ३६ हजार उपलव्ध गराएको छ ।
छाना नराखेको  घरको छाना राख्ने  र रकम भुक्तानी दिनका लागि स्थलगत अनुगमन शुरू गरिएको छ ।
प्रमुख रायले रौतहटमा आर्थिक वर्ष २०७६/०७७ मा १ हजार घर र आर्थिक वर्ष ०७७/०७८ मा १३५० गरी जम्मा २ हजार ३ सय ५० घर निमार्ण भएका छन ।
हाल सम्म एक हजार ५ सय ३० घर निर्माण गरी सम्वन्धित लाभग्राहीलाइ हस्तान्तरण गरिएको छ ।
चन्द्रपुर नगरपालिका ५ मा मोतिपुरमा ३६ जनाको घर निर्माण गरिएको छ । घर निर्माण उपभोक्ता समितिका अध्यक्ष मन्जू माझी मुसहरले झुपड़ीमा बस्दै आएकोले जस्तापाताको घर पाए पछि हर्षित भएको बताइन ।
रौतहटको राजदेवी नगर पालिका ,वड़ा नम्बर १ पथरा , वड़ा नम्बर ६ राजदेवी , गौर नगरपालिका वड़ा नम्बर २ , ईशनाथ नगरपालिका वड़ा नम्बर २ औरैया, चन्द्रपुर ९ डुमरियामा घरहरु अधुरो रहेको कारण बिपन्न दलित परिवार समस्यामा छन ।
निमित कार्यालय प्रमुखका अनुसार बारा जिल्लामा १९३९ घर संख्यामा १ हजार ५० घर निर्माण भई हस्तानातरण भएको  ३२७ घरको कार्य अन्तिम चरणमा रहेको छ भने पर्सा जिल्लामा १ हजार ७ सय १९ घर संख्यामा १ हजार १ सय ९४ घर निर्माण कार्य संम्पन्न भइसकेको र  ७४६ घरको काम अन्तिम चरणमा रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु