Wednesday, January 22, 2025

बिधुतका कर्मचारी आन्दोलनमा नै

पछिल्लाे समाचार


रौतहट १४ चैत्र । बिधुतका कर्मचारी कुटीएको बिरोधमा  नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र चन्द्रनिगाहपुरका कर्मचारी आन्दोलनमा उत्रिएका  छन ।
दैनिक २ घण्टा हातमा कालोपट्टी बाधेर आन्दोलन गर्दै आएका छन । गएको फाल्गुण ५ गते नेपाल बिधुत प्राधिकरण मौलापुर बितरण केन्द्रका सहायक ईन्जिनियर महेन्द्र चौधरी लाई कुटपिट र दुब्र्यबहार गर्ने लाई  कारबाही नभएको भन्दै कर्मचारीहरु आन्दोलित भएका हुन ।
सहायक ईन्जिनियर चौधरी कुटिएपछि नेपाल बिधुत प्राधिकरण बितरण केन्द्र मौलापुरका प्रमुख अरुणकुमार साह सहित २४ जना कर्मचारीहरु बितरण केन्द्र छाडेर नेपाल बिधुत प्राधिकरण प्रादेशिक कार्यालय जनकपुरमा हाजिर भएका थिए ।
सो स्थान बाट बितरण केन्द्र सार्नु पर्ने समेत माग उनीहरुले राखेका छन ।  दोषि लाई कार्वाहि गर्ने तर्फ कुनै सुनवाई नभएपछि जिल्लाका सबै बितरण केन्द्रका कर्मचारी आन्दोलित हुन थालेका छन ।
नेपाल बिधुत प्राधिकरण चन्द्रनिगाहपुरका प्रमुख धिरेन्द्र यादबले सहकर्मी कुटने माथि कारबाही नहुदा सबै कर्मचारी आन्दोलित हुनु परेको बताए ।
गएको फाल्गुण ५ गते मौलापुर नगरपालीका–५ स्थित पतौरामा लागेको मधानी महायज्ञ मेलाको लागि बिजुलीको पोलबाट  हुकिङ गरेर बिद्युत लाईन जडान गर्न दबाब दिन बितरण केन्द्र पुगेका आम जनता पार्टीका नेता त्रिभुवन साह , र धीरज पाण्डे सहित २५/३० जनाको समूहले सहायक ईन्जिनियर चौधरी लाई कार्यालय परिसरमा कुटपिट गरि अपहरण शैलीमा गाडीमा राखेर मेलामा बिजुली जडान गर्न पुरयाएको भन्दै उनीहरु लाई कारबाहीको हुनु पर्ने माग राख्दै कर्मचारी आन्दोलनमा छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु