Wednesday, January 22, 2025

बन क्षेत्रमा पक्की घर, बन संरक्षणमा चुनौती

पछिल्लाे समाचार


रौतहट  १४ चैत । रौतहटमा ऐलानी जग्गा खोज्दै र बन क्षेत्रमा बसोबास गर्नेहरु मानिसको सख्या बढेका छ।
सुकुम्वासी  भन्दै बनक्षेत्रमा मानिसहरु बसोबास गर्नेहरु बढेका छन ।
डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर मातहतको वृन्दावन नपा–१ बलेरीस्थित वन कार्यालयका कर्मचारीको मिलेमतोमा वन मासेर घरटहरा बनाउने क्रम बढेको स्थानीय बताउछन ।
वन कार्यालयले नर्सरी बनाएको ठाउँमा धमाधम घर बनाउँदा समेत सरोकारवाला निकायले वास्ता नगरेको स्थानीयबासी नागेन्द्र राउत कुर्मी बताउछन ।
सरकारी ‘वन फँडानी गरेर बलेरीका ठूलाबडाले नै पक्की घर बनाएकाे गुनासो छ ।
वनकै कर्मचारीका कारण वन विनाश भन्दै स्थानियले चिन्ता ब्यक्त गर्न थालेका छन । बलेरीमा वन फँडानी गरेर यो वर्ष मात्र एक दर्जनभन्दा बढी नयाँ घर बनाइएका छन्।
रौतहटको चुरे क्षेत्र समेत अतिक्रमणको चपेटामा परेको छ ।
चुरे क्षेत्रमा रहेको बस्तीमा धमाधम पक्की संरचना बनाउँदा समेत डिभिजन वन कार्यालय रौतहट मौन बसेको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु