रौतहट १३ चैत । प्रेस मंन्च नेपाल रौतहटको प्रथम अधिवेशन सदरमुकाम गौरमा सोमबार सम्पन्न भएको छ।
जनता समाजवादी पार्टी नेपालकाे छाता संगठन प्रेस मंच नेपाल रौतहटको प्रथम अधिवेशन मंन्चका केन्द्रिय सदस्य एवं नेपाल पत्रकार महासंघ रौतहट संस्थापक पत्रकार रबिन्द्र प्रसाद साहको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
अधिवेशनले किशोरी यादव को अध्यक्षतामा १५ सदस्यीय समिति चयन भएको छ ।
अधिवेशनबाट नव निर्वाचित जिल्ला कार्यसमितिको अध्यक्ष- किशोरी यादव ,उपाध्यक्ष -( रश्मी पटेल ,अरविन्द कुमार यादव,ओम प्रकाश यादव,राजनारायण पटेल उर्फ आर.एन ),सचिव-चन्दन कुमार महतो, सह सचिव- (श्रीकान्त यादव, दिपक कुमार साह ) , कोषाध्यक्ष-प्रेम यादव र क्रमिक सदस्यहरु-भुषन सिंह, प्रियंका सिंह, प्रदिप यादव, जितन हलचल, राजन साह, हनुमत यादव छन्।
प्रेस मंच नेपाल रौतहटका नवनिर्वाचित जिल्ला कार्यसमिति चयन कार्यक्रमका विशिष्ट अतिथि जनता समाजवादी पार्टी नेपाल केन्द्रीय सदस्य पुर्व माननीय रामकिशोर यादव,केन्द्रिय सदस्य पूर्व राज्यमन्त्री योगेन्द्र राय यादव,केन्द्रीय सदस्य एवं मधेश प्रदेश सदस्य माननीय शोभा देवी साह, केन्द्रीय सल्लाहकार राघो राय यादव, जसपा रौतहट अध्यक्ष श्याम हारी यादव, प्रेस मंच नेपाल मधेस प्रदेश समिती अध्यक्ष अमरेन्द्र यादव, महासचिव बंन्दना झा, जसपा मधेस प्रदेश समिति सदस्य अध्यक्ष मोहम्मद अनवर हाश्मी ,संघिय शिक्षक फोरम नेपाल रौतहट अध्यक्ष कामेश्वर यादव लगाएतको कार्यक्रममा उपस्थिती रहेको थियो ।