चन्द्रपुर ९ चैत । मधेश प्रदेश सभाका साँसद युवराज भट्टराई (समिर) आफनो क्षेत्र को विभिन्न टोलमा जनता माझ डुलिरहेका छन ।
क्षेत्र मा रहेका विभिन्न समस्याहरु पहिचान गरेर समाधान गर्नका लागि अहिले प्रदेश सांसद भट्टराई ले घरदैलो अभियानलाई तिव्रता दिएका छन्
नेकपा माओवादीबाट रौतहट क्षेत्र नम्बर ४ (क) बाट निर्वाचित मधेस प्रदेशसभा सदस्य भट्टराईले आफ्ना क्षेत्रका नागरिकहरुको समस्या पहिचान गर्न टोलटोलमा गएर भेटघाट गर्ने अभियानलाई तिव्र बनाएका हुन् ।
आफ्ना मतदाता र नागरिकको गुनासोलाई चिर्दै भट्टराई अहिले आफ्नो क्षेत्रका विभिन्न टोलहरुमा गएर नागरिकसँग विकास निमार्ण,शिक्षा,स्वास्थ्य, लगायतका विषयमा अन्र्तक्रियाहरु गर्नमा व्यस्त रहेका छन् ।
प्रदेश सांसद भट्टराइले भने“आफु निरन्तर नागरिकको बीचमै रहने, भेटघाट गरिरहने वाचा अनुसार गाउँ गाउँ मा छु ।