रौतहट ११ चैत । गरुडा नगरपालिका कार्यालयलाइ हैण्ड ग्रिनेट बमले उडाइदिने भन्दै एक युवकले सामाजिक संजालमा लेखेको बिषय अहिले चर्चामा छ ।
गरुडा नगरपालिकामा अमरण अनशन बसेका दिपक यादव लाई म्यसेन्जर गरि नगरपालिकाका कार्यालय हैण्ड ग्रिनेट बमले राति उडाइ दिने भन्दै दिपक यादव संग अनुमति माग्दै ती युवाले फेसबुकमा लेखेका छन ।
अग्रेजिमा श्रीवास्तव चन्दन र नेपालीमा धिरेन्द्र कु.श्रीवास्तव नाम गरेका फेसबुक प्रयोगकर्ताले यस्तो अभिव्यक्ती दिएर शन्देस लेखेका छन ।
गरुडामा अनसनरत दिपक यादवको समर्थनमा बनेको म्यासेनजर ग्रुपमा श्रीवास्तवले आफु संग २ थान हैण्ड ग्रिनेट रहेको र आफुले चाहेको खण्डमा गरुडा नगरपालिकालाई उडाईदिने लेखेका छन ।
हिंसात्मक गतीबिधिको अभिब्यक्ति दिने ब्यक्ति उपर अनुसन्धान गरि आवस्यक कारवाही अगाडि बढाउन गरुडाका मेयर कन्थमणी जयसवालले माग गरेका छन ।
सरकारी कार्यालयलाई बमले उडाइदिने धम्की दिने श्रीवास्तवलाई पक्राउ गर्न खोजतलास तिव्र पारिएको र चाडै पक्राउ गरी कार्यवाहीको दायरामा ल्याउने इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक विरेन्द्र पासवानले जानकारी दिएका छन् ।
रौतहटका प्रहरी उपरीक्षक (एसपी) बिर बहादुर बुढा मगरले नगरपालिका कार्यालयलाई बमले उडाउने धम्कीपुर्ण वार्तालाप गरिएको विषयमा प्रहरीले गम्भीरर्तापुर्वक अनुसन्धान गरिरहेको र दोषिलाइ कानुनि दायरामा ल्याउने बताए ।
धम्की दिने चन्दन श्रीवास्तवसंग फोनमार्फत कुरा गर्दा आफुलाई फसाउन कसैले फेक आइडी बनाएर यस्तो धम्की दिएको र आफुले कुनै प्रकारको धम्की नदिएको बताएको प्रहरी उपरीक्षक मगरले बताएका छन ।
प्रहरीले गम्भीरर्तापुर्वक अनुसन्धान गरिरहेको बताउँदै धम्की दिने व्यक्तिलाई चाडै पक्राउ गरि अनुशन्धान र कार्यवाहीको दायरामा ल्याउने उनले बताएका छन् ।