Wednesday, January 22, 2025

दाउराको नाममा कांचो सालको लाथ्रा चोरी

पछिल्लाे समाचार


रौतहट,५ चैत । रौतहटको वनबाट दाउराको नाममा काँचा सालका ससाना रुख काटेर लैजाने क्रम घटेको छैन ।
दाउराको नाममा काँचा सालका लाथ्रा काटेर लाने गरेको पाइएको छ ।
साइकल,मोटरसाइकल मा राखेर काचो दाउरा लैजाने क्रम बढेको जानकारहरु बताउछन ।
चोचा वन क्षेत्रको नहर छेउ बाट तथा राजमार्गको लमहा तथा पौराइ को जगलबाट दाउराको नाममा ल्याएको काँचा सालका लाथ्राहरु बनगस्ति टोलीले बेला बेला बरामद गर्ने गरेको छ ।
सालका काँचा लाथ्रा काटनेहरु राजमार्ग बाटै आउजाउ गर्न थालेपछि आफुहरुले राजमार्गमै बसेर कडाई गर्न थालेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ ।
चोचा वन डिभिजनका कर्मचारी हरुले बागमती सिंचाईको नहरमा बसेर साईकलमा राखेर दाउरा ल्याउनेहरुलाइ निरुत्साहित गर्दै आएको बन कर्मचारीहरु बताउछन ।
वनबाट दाउराका नाममा लैजाने सालका लाथ्रा स्थानीय ईट्टा उद्योग र चिरान मिल सम्म पुग्ने गरेको जानकारहरु बताउछन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु