Wednesday, January 22, 2025

तात्कालिन चुरेभावर बाट जितेका पूर्वमन्त्री न्यौपानेलाई साढे ९ बर्ष कैद, २ करोड बढी जरीवानाको फैसला

पछिल्लाे समाचार

काठमाडौं २६ फागुन ।  भृकुटीमण्डप स्थित फनपार्कको जग्गा भाडामा दिदा भ्रष्टाचार गरेको ठहर गर्दै विशेष अदालतले पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेलाई साढे ९ वर्ष कैद र २ करोड ४३ लाख ६८ हजार ८ सय ३ रुपैयाँ जरिवाना तोकेको छ।
भृकुटिमन्डपको फनपार्कको ६० रोपनी जग्गा न्यून दरमा भाडामा दिएर भ्रष्टाचार गरिएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दिएको थियो।
विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश श्रीकान्त पौडेल, न्यायाधीश शालिग्राम कोइराला, र बलभद्र बाँस्तोलाको इजलासले जग्गा भाडामा तात्कालिन मन्त्री न्यौपानेले  भ्रष्टाचार गरेको ठहर गर्दै  सजाय तोकेको हो।
विशेष अदालतले फागुन १६ गते  पूर्वमन्त्री न्यौपाने सहित ९ जनालाई दोषी ठहर गरेको थियो।
दोषि ठहरीएका पुर्वमन्त्री न्यौपाने तत्कालीन महिला, बालबालिका तथा समाजकल्याण मन्त्री हुन्।
उनी समाजकल्याण परिषद्का तत्कालीन अध्यक्ष समेत थिए।त्यस बेला उनी चुरेभावर पार्टीबाट मन्त्री बनेका न्यौपाने नेकपा हुँदै एमाले र पछिल्लो समय प्रभु साहले नेतृत्व गरेको आम जनता पार्टी मा थिए ।
अदालतका उपरजिष्टार एवं सूचना अधिकारी नारदप्रसाद भट्टराईका अनुसार, परिषद्का तत्कालीन उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्जविहारीप्रसाद चौधरी, सदस्यसचिव रवीन्द्र कुमार यादव भनिने रवीन्द्र कुमार, सदस्यहरू मोहनराज शर्मा, मदनकुमारलाल कर्ण, हरि न्यौपाने र काठमाडौं फनपार्कका प्रमुख सञ्चालक रवीन्द्र गुरुङ पनि दोषी ठहरिएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फनपार्कको जग्गा अनियमितता प्रकरणमा २०७५ माघ २१ गते गुरुङसहित १४ जनाविरुद्ध मुद्दा चलाएको थियो।
दोषी ठहर भएका ९ जनाविरुद्ध जनही ३१ करोड ५२ लाख बिगो मागदाबी गरिएको थियो।
पुर्वमन्त्री न्यौपानेले आफू महिला, बालबालिका तथा समाज कल्याणमन्त्री रहँदा गुरुङको कम्पनी काठमाडौं फनपार्कलाई प्रतिरोपनी मासिक ९ हजार २ सय ५० रुपैयाँमा भाडामा दिने निर्णय परिषद बाट गराएका थिए ।
२०६९ भदौ २०मा  मा परिषद्को कार्य सञ्चालन समितिको बैठकले बिनाटेन्डर  फनपार्कलाई १५ वर्षका लागि भाडामा दिने निर्णय गरेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु