रौतहट १२ चैत । डोम समुदाय बिकाश केन्द्र नेपाल को अगुवाइमा डोमबस्तीमा सरसफाइ तथा शिक्षाको जनचेतना मुलक अभियान संचालन गरिएको छ ।
केन्द्रका अध्यक्ष बिजय मल्ली को अध्यक्षता र संस्थाको आयोजनामा देवाहीगोनाही न पा ८ गोनाहीमा डोमबस्तिमा डोम समुदायहरुलाइ शिक्षा तथा सरसफाइ सम्बन्धि जनचेतना मुलक अभियान कार्यक्रम संचालन गरिएको थियो ।
कार्यक्रम मा संस्थाको कोषाध्यक्ष बिरेन्द्र मलि डोम ,दलित अगुवा घनश्याम पासवान , वडा सदस्य सुरेन्द्र पासवान तथा डोम समुदायका सदस्यहरु को उपस्थिति रहेको थियो।
शिक्षा र सरसफाइमा डोम समुदायहरु अति पछाडी परेकाले अभियान संचालन गरेको बिजय मली डोमको भनाई छ ।
शिक्षामा पहुच र प्रोत्साहन बढाउनको निमित्त ८ जना बालबालबालिकाहरुलाइ कपि कलम बितरण गरिएको छ ।
डोम समुदायको बालबालिकाहरुलाइ शिक्षामा पहुच बढाउनको लागि तथा अभियान सफल बनाउन दाता सहयोगी संग आर्थिक सहयोग गरिदिनुहुन संस्थाले अपिल समेत गरेको छ ।
डोम बालबालिकाको लागि पढाइमा सहयोग गर्न चाहनेले डोम सामुदायिक बिकाश केन्द्र नामको खाता न 00216917590 मा आर्थिक सहयोग गर्न सकिने जनाएको छ ।