Wednesday, January 22, 2025

गौर कारागारका कैदी घर बाट फर्कदै गर्दा बाईक दुर्घटनामा घाइते

पछिल्लाे समाचार

                                   

राैतहट २७ फागुन ।  गौर स्थित  जिल्ला कारागार कार्यालयमा लागूऔषध ब्राउन सुगर कारोबार अपराधमा सजाय पाएर कैद भुक्तान गरीरहेका कैदी घर जादा मोटरसाइकल दुर्घटनामा परेका छन ।
दुर्घटनामा परेका गौर कारागारका कैदी  पवन यादव पटक पटक कारागार बाहिर जाने आउने गरेको यसअघि पनि गुनासो थियो ।
बारा जिल्ला भटिनियाका पवन यादव ब्राउन सुगर कारोबार मुद्दामा जिल्ला कारागार कार्यालय गौरमा १५ वर्ष जेल र ५ लाख जरीवाना तोकिए पछि जेलमा छन  । कैदी यादव  जेलका कैदी का  चौकीदार(नाइके) हुन ।
केहिदिन अघि पनि रौतहटको सदरमुकाम गौर स्थित रहेको गौर राइस मिल्सको प्रांगणमा भएको श्री अन्नत विष्णु महायज्ञमा पुजा र मेलामा कैदि यादव सहभागी भएको तस्वीर  समाजिक संजालमा भाइरल भएको थियो  ।
उनी होली मनाउन  बारा जिल्ला गएको र मदिराले मातिएर मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएकाे बताइएको छ ।
बारा जिल्ला स्थित घरबाट पून: जेल फर्किने क्रममा रौतहट जिल्लाको परोहा नगरपालिका कार्यालय नजिक रहेको लौकाहा चौक नजिक  मोटरसाइकल दुर्घटना भएको थियो ।

केहिदिन अघि गौर स्थित यज्ञ मा सहभागी कैदी नाइके


मोटरसाइकल दुर्घटना हुदा खुट्टा भाचिएकोले  बिरगंजमा उपचार गराइरहेका छन् । कैदी चौकीदार यादवको उपचार एल.एस न्यूरो एण्ड जेनरल हस्पिटल प्रा.लि.बिरगंजमा भइरहेको छ।
जिल्ला कारागार कार्यालय गौर,मा कार्यरत प्रहरी नायव निरीक्षक (सई) तेजीलाल यादवले कारागार प्रमुखलाई जानकारी नदिइ  कैदी यादवलाई घर पठाएकोले सई यादव माथी अनुशन्धान र छनबिन भैरहेको  जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक वीर बहादुर बुढा मगरले बताएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु