रौतहट ११ चैत ।नेकपा एमाले चन्द्रपुर नगर कमिटीको सचिवालय बैठक सम्पन्न भएको छ।
बैठकले आ आफ्नो क्षेत्रमा निर्णय कार्यान्वयन गर्न र मिसन ग्रासरुट अभियान सफल पार्न महत्त्वपूर्ण भुमिका खेल्न निर्देशन गरेको छ ।
मिसन ग्रासरुट अन्तर्गतका बाँकी रहेका वडाहरुको भेला वडानं-२ चैत १५ गते ,वडानं- ३ चैत१९गते,वडानं-५ चैत२०गते,वडानं-६ चैत १३ गते ,वडा नं -७ चैत१६ गते,वडानं-८ चैत १६ गते ,वडानं ९ चैत १८ गते,वडानं१० चैत १३ गते
र जनवर्गीय संगठनहरुको संयुक्त भेला तथा प्रशिक्षण -चैत २५ गते गर्ने निर्यण भएको नेकपा एमाले नगरकमिटी अध्यक्ष शिव आचार्य ले बताएका छन ।
पार्टी सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरण- चैत मसान्त सम्म गरिसक्ने पनि निर्णय भएको छ । चैत १४ गते गौरमा एमालेका बरिस्ठ उपाध्यक्ष इश्वर पोखरेलको प्रमुख आतिथ्य मा भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने अध्यक्ष आचार्य ले बताए ।
भेलामा वडा कमिटिका सम्पुर्ण सदस्यहरु तथा सो भन्दा माथिल्लो कमिटीका सम्पुर्ण सदस्यहरु , जनसंगठनका नगर कमिटी वा सो भन्दा माथिल्लो कमिटीका सम्पुर्ण सदस्यहरु सहभागी हुनेछन ।