रौतहट १५ चैत ।इसनाथ नगरपालिकाको जयनगरमा मंगलवार राती आगलागीबाट एक जनाको घर पूर्णरुपमा क्षति भएको छ।
आगलागीमा परेर ११ बर्षिय बनलिकाको ज्यान गएको थियो । भैंसी एउटा मरेको थियो भने एकजना बालक घाईते भएका थिए ।
पीड़ित परिवारलाइ लाई तत्काल राहत स्वरूप जिल्ला प्रशासन कार्यालय रौतहट ले नगद ७ हजार तथा चामल, दाल, आलू का साथ नेपाल रेडक्रस सोसाइटी रौतहट शाखा बाट त्रिपाल, कम्बल,भाडाबर्तन सेट्ट, बाल्टीन सेट्ट , साड़ी,लताकपड़ा, डोरी लगायतका सामानहरू उपलब्ध गराईएको छ।
पिडितको घर पुगी प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, प्रहरी उपरीक्षक वीर बहादुर बुढामगर, रेडक्रसका सभापति राज किशोर यादय लगाएत सदस्य हरुको उपस्थितीमा राहत हस्तान्तरण गरिएको छ ।