राैतहट १५ चैत । यमुनामाई गाउपालिका वाड नम्बर ३ राजपुर तुलसी टोलमा करिब १५ घरधुरी दलित समुदाय बस्छन ।
उनिहरुको पहिलेको (झुपडी) घर भत्काएर पक्की घर बनाउन लागेको दुई वर्ष बितिसक्दा पनि घर अलपत्र छ ।
सरकारले पक्की घर बनाउन बस्तीका १५ वटा घर निमार्ण थालिए पनि अहिले अलपत्र छोडिएको छ ।
गरिब समुदायका १५ परिवारका महिला, बालबालिकासहित ज्येष्ठ नागरिक खुला आकाशमुनि बस्न बाध्य बनेका छन् ।
स्थानिय ५० वर्षीया भुट्टा मुखिया भन्छन् ‘धेरै समस्या छ । गरीबको दुखमा मलम लगाइदिने कोही छैनन् ।’
टोलका ३८ वर्षीय महिला रिना कुमारीले वर्षौ बितिसक्दा पनि घर नबनेपछि घरको जग उठाएको ठाउँमा झुपडी बनाएर त्रिपालले छाएर बस्दै आएको दुखेसो पोखिन ।
राख्दै जिविका ज्ञापन गर्न बाध्य बनेका छन्। त्रिपाल र टेन्टमा पानी परेको र हावाहुरी आएको बेला बिचल्ली हुने गरेको भुट्टा मुखियले दुःख पोखिए ।
सहरी विकास मन्त्रालयले जनता आवास कार्यक्रम अन्तर्गत रौतहटमा दलित परिवार को घर बनाउने योजना छ ।
घर निर्माण अलपत्र बन्नुको कारण समेत दलित समुदायले जानकारी पाएका छैनन् ।
यमुनामाई गाउपालिकाको दलित बस्तीमा पनि त्यस्तै समस्या छ । यमुनामाई गा.पा –३ स्थित दलित समुदायका लागि जनता आवास कार्यक्रममार्फत घर निर्माण सुरू भएपनि घर निर्माण सम्पन्न नहुँदा पिडितहरु सानो झुपडी र त्रिपालको ओत लागेर बस्न बाध्य छन् ।
स्थानिय भुट्टा मुखियाले त्रिपाल र परालको सहाराले बालबच्चा सहित जसोतसो ओत लागेका पीडा सुनाए ।
सरकारले नयाँ पक्की घर बनाइदिने भन्दै ओत लाग्ने छाप्रोको घर भत्काएको करीव २ वर्ष भइसक्यो, त्यसै बेलादेखि घरविहीन बनेकी रिना कुमारीका छोरा,छोरी ६ जनाको परिवार खुल्ला आकाशमुनि रात कटाउन बाध्य छन ।
स्थानिय बिरेन्द्र मुखियाको श्रीमतीले भनिन ,” भएको खरको झुपडी भत्काउँदा सरकारले केही दिनमै घर बनाइदिने भनेर अश्वासन दिएको थियो तर तीन वर्ष बित्न लाग्यो पहिलो चरणमा जग हालेर १ वर्ष छाडे, अहिले दोस्रो वर्ष पर्खाल उठाएर छाडेका छन् । खोइ कहिले बन्ने हो ?
टोलकी रिना कुमारीको परिवारको पनि समस्या उस्तै छ, परिवारका ६ जना सदस्य खुल्ला अकाशमुनि त्रिपालको सहारामा घाम, पानी छल्दै आइरहेका छन।
पक्की घर बनाइदिने भनेर भएको खरको झुपडी भत्काउँदा खुसी थिएँ । केहि दिनमै हाम्रो पक्की घर बन्छ भन्नेमा विश्वस्त थिएँ । तर, दुई वर्ष पुग्न लाग्दा समेत घर बनेन् । हामीलाई सरकारले बेघरबार बनाइदियो ,त्रिपालको ओत र भुँइमा परालको सहराले बसेका छौँ , पिडित रिना कुमारीले दुखेसो पोखिन ।