रौतहट १ चैत । सात बर्षीय बालिका हराएको एक महिना बितिसक्दा पनि उनको अवस्था अज्ञात रहेपछि परिवारमा तनाव थिपएको छ ।
बालिका हराएपछि परिवार चिन्तित छ भने खोजीमा जुटेपनि अवस्था पता लागेको छैन ।
रौतहट जिल्लाको गौर नपा वडा नं ९ सिर्सिया टोल निवासी शेख फिरोज आलमको ७ बर्षीया छोरी विगत १ महिना देखि अचानक घरबाट बेपत्ता भएकी थिइन ।
नाबालक ७ बर्षीय छोरी अहिलेसम्म कहाँ छ, कुन अवस्था छ, जीवितै छ कि केही भएको छ भन्ने जानकारी नहुदा अन्यौलमा परेको बालिकाको बाबू शेख फिरोज आलमले दुखेसो पोखे ।
पीडित परिवारले हराएको छोरी खोजतलास गर्न जिल्ला प्रहरी कार्यालय गौर, रौतहटमा पनि निवेदन दिएका छन ।
प्रहरीले बालिकाको खोजी गरेको जनाएपनि अवस्था पत्ता नलाग्दा थप पिडामा परेको बालिकाको बुवा आलमले बताएका छन ।