राैतहट३ चैत्र । परोहा नगरपालिकाको बसन्तपट्टीमा डाेम जातिमा शिक्षा र सरसफाईका लागि सचेत गराउने उदेश्यले विहिबार अन्तरकृया गरिएकाे छ ।
डोम समुदाय बिकास केन्द्र राैतहटको नामक संस्थाको आयोजनामा साे अन्तरकृया मा संस्थाका अध्यक्ष बिजय मल्ली डाेमले डोम समुदायको अवस्था बारे बोलेका छन ।
पराेहा नगरपालिका वडा नम्बर ६ बसन्तपट्टिका वडा अध्यक्ष विलास पटेल रौतहटका डोमलाइ परापुर्वकाल देखि पछाडी पारिएको बताए ।
डोम समुदायहरुलाइ शिक्षा तथा सरसफाइ सम्बन्धि जनचेतना मुलक अभियान जिल्लामा अझै तिब्रता का साथ अगाडि बढाउनुपर्ने र स्थानीय तह संग हातेमालाे गरि अगाडि बढ्न उनले सुझाव दिए ।
कार्यक्रममा आयोजक संस्था डोम समुदाय विकास कार्यक्रमका कोषाध्यक्ष बिरेन्द्र मली डोमले डोम समुदायको उत्थानका लागि अगाडि बढेको बताए ।
साे कार्यक्रममा स्थानीय महिलापुरुष गरि जम्मा ३५ जनाले सहभागिता रहेको थियो ।
जिल्लाका सबै पालिकामा कार्यक्रम सञ्चालन गर्ने जानकारी दिदै गढिमाईको हथिऔल र माधव नारायण नगरपालिकाको खेसरहियामा केही दिन अगाडि नै सम्पन्न गरेको कोषाध्यक्ष बिरेन्द्र डोमले बताए ।