रौतहट,३० फागुन । राजदेवी नगरपालिका ७ मुडलवा का कृष्ण यादवको २४ बर्षीय छोरा अभिमनु कुमार यादवको हत्या भएको ७ महिना बितिसक्दा पनि न्याय नपाएको पिडित परिवारको गुनासो छ ।
प्रहरी ले दोषि पक्राउ गर्न चासो नदेखाएको गुनासो गर्दै मृतक युवकका आमाबुबा ले जिल्ला प्रहरी कार्यालय गौर, रौतहट आगाडी आमरण अनशन मा बस्न लागेकाे बताएका छन ।
छोराको हत्यारा पत्ता लगाउन न्यायको लागि ६ महिना देखि जिल्ला प्रहरी कार्यालय गौर, रौतहटमा धाउदै धाउदै थाकेको ६० बर्षीय पिडित कृष्ण यादवले दुख पोखेका छन् ।
मृतक युवकको गाउँकै एक केटीसँग प्रेम बसेको र केटीले मोबाइलमा फोन गरि सुनसरी जिल्लाको इटहरीमा एक कन्ट्रक्सनमा कार्यरत रहेको समय परिवारका कसैलाइ जानकारी नदिइ असोज १४ गते दशैको पञ्चमीको दिन बेलुका षड्यन्त्र पूर्वक ढंगले सीमावर्ती क्षेत्रमा लगेर हत्या गरि प्रमाणहरू केही नभेटोस भनेर भारत बिहारको सीतामढी जिल्लाकाे बैरगनिया सहप्रखण्डको मसहा गाउँ नजिक रहेको रेल्वे पटरीमा शव फ्याकेको पिडित यादवले बताए ।
गाउँले केटीसँग छोरा को करिव ४ बर्षदेखि प्रेम बसेको त्यस बिषयमा केटीको बुवा र आफन्तले पटक-पटक मृतक छोरा र आफुलाइ ज्यान मार्ने धम्की दिने गरेको पिडित यादवको भनाइ छ ।
छोरा अभिमनु गाउँ मा बस्दा बेला-बेला केटीको बिषयमा बादबिवाद हुन्छ भने डरले उनलाइ इटहरीमा एउटा निर्माण कम्पनीमा अमिनी पदमा जागिर लगाएको तर केटीको परिवारले षड्यन्त्र गरेर मैसेन्जर, ह्वाटसप र फोन नम्बरमा जबर्जस्ती फोन गरेर छठमा घर आउन लागेको छोरालाई कसैलाई कुनै जानकारी नदिई धेरै दिन अगाडि अर्थात दशैको पञ्चमी दिनमा बोलाएर निर्मम तरिकाले नेपालमा हत्या गरि नजिक रहेको भारतको रेल्वे पटरीमा फ्याकेको पीडितको बुवाले बताएका छन ।
बुवा कृष्ण यादवका अनुसार छोराको हत्या भएको ६ महिना बित्यो तर न्यायको कुनै आशा देखिएको छैन ।
६ महिनादेखि घरपरिवारमा कुनै किसिमको खुशी छैन , प्रहरीले दोषि पत्ता लाग्ने आश्वासन दिएको पिडितको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय गौरमा किटानी जाहेरी दिएपनि जाहेरीमा उल्लेखित व्यक्ति दोषी हो कि होइन अनुसन्धान समेत नगरेको गुनासो छ ।
छोराको हत्यारा पक्राउ नगरे को भन्दै प्रहरी कार्यालय अगाडि बृद्ध दम्पतिले आमरण अनशन बस्ने तयारी गरेका छन ।