रौतहट १३ चैत । नेकपा एकीकृत समाजवादी वृन्दाबन नपाले संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने क्रममा नगरपालिकाको वडा नं.८ मा १ सय १ सदस्यीय वडा कमिटी गठन गरेको छ ।
नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्र र प्रदेशको निर्देशन अनुसार नेकपा एस वृन्दावन नगर कमिटीको आयोजनामा पार्टीलाई सशक्त, बलियो बनाउन र जनताको माझमा पुर्याउनको लागि कार्यक्रमको आयोजना गरिएको वृन्दावन नेकपा एसका नगर संयोजक सुरेन्द्र पटेलले बताए ।
भेलाले तुलसी राय यादवको अध्यक्षतामा १ सय १ सदस्यीय कमिटी गठन गरेको छ ।
कमिटीको उपाध्यक्षमा रामबाबु साह,राजिन्द्र पटेल र सौदागर साह कलवार रहेका छन्।भने सचिवमा श्याम पटेल,स.सचिवमा दशरथ राम र गोविन्द महतोलाई सर्वसहमतीले चुनिएको छ। र अन्य ९४ जना सदस्यहरु पनि सर्वसहमत चुनिएका छन।
सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिति तथा नेकपा एसका पोलिटव्युरो सदस्य रोजुदिन आलमले, संगठन सुदृढीकरण अभियानका लागि केन्द्र देखी पालिकासम्म का नेताहरु परिचालन भएको र अन्तरपालिकाहरुमा सहजकर्ता समेत तोकिएको र सोहीअनुसार गतिविधि सञ्चालन भइरहेको जानकारी दिए ।
त्यसैगरी सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एसका मधेस प्रदेश कमिटी सदस्य तथा वृन्दावनका नगर प्रमुख विनोद प्रसाद कुर्मीले नव गठित कमिटीका पदाधिकारीहरुलाई शुभकामना दिदै सबै जनाले विगतका दिन का तिता मिठा कुरालाई बिर्सेर पार्टीको लागि ईमानदारीताका साथ लाग्न आग्रह गरे
सो कार्यक्रममा बोल्दै नगर प्रमुख कुर्मीले,विगतका दिनमा भ्रष्टाचारी गरी नगरलाई लुट्ने गिरोहले आफुलाई चौतर्फी घेरामा पारेर फेरि पनि नगरलाई लुट्न खोजिरहेको बताए।
विपक्षीहरले रिले अनसनको बहानामा देखावटी १४ बुन्दे माग राखी भित्र बाट आफ्नो स्वार्थ पूरा गर्ने माग राखेको तर आफुले नगरको बजेट मेरो आफ्नो निजी नरहेको र उक्त बजेटहरु सम्पूर्ण जनताको नै रहेकोले आफू त्यसको दुरुपयोग गर्न नदिने जिकिर गरेका छन ।
उक्त कार्यक्रमको अध्यक्ष्ता तुलसी राय यादवले गरेका थिए भने सो कार्यक्रमको प्रमुख अतिथिमा नेकपा एसका नेता तथा पोलिटव्युरो सदस्य रोजुदिन आलम,बिशिस्ट अतिथिमा नेकपा एसका मधेस प्रदेश कमिटी सदस्य तथा वृन्दावनका नगर प्रमुख विनोद प्रसाद कुर्मी, अथितिहरुमा दलित मुक्ति संगठनका केन्द्रीय सचिव तथा वृन्दावनकि नगर उपप्रमुख संगिता कुमारी राम,नेकपा एसका जिल्ला कमिटी सदस्य तथा प्रदेश सभा(ख)का बिधायक प्रत्यासी शेख सतार अहमद,पुर्व बिधायक हसिमा खातुन,जिल्ला कमिटी सदस्य,अरुण राम,जिल्ला कमिटी सदस्य तथा मुस्लिम ईतेहाद संगठन नेपाल मधेस प्रदेशका उपाध्यक्ष सलामोदिन दर्जी,जिल्ला कमिटी सदस्य तथा नेकपा एस वृन्दावनका नगर संयोजक सुरेन्द्र पटेल,जिल्ला कमिटी सदस्य जगरनाथ सहनी, रवि बैठा,वडा नं.-७ का वडा अध्यक्ष जगरनाथ प्रसाद भेडियर र वडा नं.-८ का वडा अध्यक्ष रविन्द्र प्रसाद साह साह समेतको उपस्थिति रहेको थियो ।