मुकेश कुमार साह /
रौतहट ६,चैत्र/चन्द्रनिगाहपुर स्थित जनज्योति बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ)को प्यानल विजयी भएको छ।
आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचनमा जनज्योति बहुमुखी क्याम्पसको सभापतिमा नेविसंघका संगम श्रेष्ठ को प्यानल विजयी भएका हुन्।
कुल २ हजार १५ मतदाता रहेको सो क्याम्पसमा १ हजार ३ सय ६ मत खसेको थियो।
सो मत मध्य नेवि संघका श्रेष्ठले १ हजार ३४ मत ल्याएर सभापतिमा बिजय भएका हुन । यस्तै नेकपा एमालेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) , नेकपा माओवादीको अनेरास्ववियु (क्रान्तिकारी) एवम् नेकपा एकीकृत समाजवादीको अनेरास्ववियू, जनमत पार्टीको विद्यार्थी जनमत संघको गठबन्धनबाट बनेको प्रगतिशिल संयुक्त विद्यार्थी संगठनबाट उम्मेदवार बनेका राधेश्याम बैठा(आदित्य)ले
१ सय ६५ मत मात्र ल्याउन सफल भए ।
सभापतिका अर्का उम्मेदवार समाजवादी विद्यार्थी युनियन नेपालका आशिष लामाले ७५ मत प्राप्त गरे । त्यसैगरी सचिवमा ९ सय ६१ मत ल्याएर मो. नौसाद आलम विजयी भएका छन् । कोषाध्यक्षमा संगिता कुमारी चौधरी ९ सय ५२, सदस्यहरुमा विकल कार्की ९ सय ७९, कृती घिमिरे ९ सय ६४, सैलेस कुमार पासवान ९ सय ६७, समिर प्रसाद दाहाल ९ सय ६८, राकेश कुमार साह ९ सय ५९, जय प्रकाश रजक ९ सय ४४, विशाल चौधरी ९ सय ४८ मत ल्याएर विजयी भएका निर्वाचन कमिटीका संयोजक विनोद तिमल्सिनाले जानकारी दिए ।
यता समानुपातिक तर्फ पनि नेविसंघले बाजी मारेको छ । संयोजक तिमल्सिनाका अनुसार संघले ९ सय ६० मत ल्याउँदा अनेरास्ववियुले १ सय २२, समाजवादी विद्यार्थी युनियन, नेपालले ९५, अखिल क्रान्तिकारीले ७६ , अनेरास्ववियूले ३६ मत मात्र ल्याउन सफल भए । नेविसंघका श्रेष्ठ दोस्रो कार्यकालको सभापतीमा चयन भएका हुन ।