रौतहट १५ चैत /चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाद्धारा संचालित खानेपानी चैत्र १३ गतेबाट चन्द्रपुरको केही स्थानमा खानेपानी आपुर्ति बन्द हुने जनाएको छ ।
गौर सडक खण्डको चन्दपुर चौक देखि तल्लो बजारसम्म सडक विस्तार र नाला निर्माणको कार्य शुरु भई चन्द्रनिगाहपुर चौक देखि दक्षिण मुस्लिम टोल ,देउराली चौक, तल्लो बजार, पूर्वटोल र थलही टोललगायतका ठाउँहरुमा खानेपानी अवरुद्ध भएको उपभोक्ता समितिले जनाएको छ ।
उपभोक्ताहरुलाई पर्न गर्न गएको असुविधा लाई ध्यानमा राखेर खानेपानी यथाशक्य छिटो संचालन गर्न लागी परेको समेत संस्थाले जनाएको छ ।