Thursday, January 23, 2025

गौरको बिपि चोकलाइ मधेश क्रान्ति चोक नामाकरण गर्न लोसपाको माग

पछिल्लाे समाचार


गौर, १२ चैत । गौरको वीपी चोकमा निर्माण हुन लागेको बीपीको शालिक सहित घण्टाघरको नाम मधेश क्रान्ति चोक राख्न माग गर्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले गौर नगरपालिकाको नगरप्रमुखलाई ज्ञापन पत्र बुझाएका छन् ।
लोसपाका रौतहट जिल्ला अध्यक्ष लिला प्रसाद साह सहितका नेताहरुले ज्ञापन पत्र नगर प्रमुख शम्भु साहलाई आईतवार बुझाएका हुन् ।
मधेश आन्दोलनको फलस्वरुप वीपी चोकको नाम मधेश क्रान्ति चोक भएको  हुँदा जानाजान नाम परिवर्तन नगर्न आग्रह गर्दै यदी त्यसो भएमा  गौरमा आन्दोलन गर्ने चेतावनी दिएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
ज्ञापन पत्र बुझाउन  लोसपा नेता अनिल सिंह सहित नेता एवं कार्यकर्ताहरु   उपस्थित थिए ।
गौर नगरको नगरप्रमुख शम्भु साहले लोसपाद्धारा ज्ञापन पत्र बुझाएको र  पहिला देखि वीपीको नामबाट चौकको नामाकरण भएको चोकको नामलाई कसरी परिवर्तन गर्ने भन्ने समस्या उत्पन्न भएको बताए ।
जव नगर देखि लिएर प्रदेश सम्म मधेशवादीकै सरकार रहदा केही गरिएन अहिले आएर बीपी स्मारक सहितको घण्टाघर बन्न लाग्दा यस प्रकारको ज्ञापन पत्र बुझाउनको कुनै अर्थ नरहेको मेयर साहको तर्क छ ।
सर्वदलिय बैठकबाट निर्णय गरेर सबैको सहमतीमा मात्रै नाम परिवर्तन गर्न सकिने मधेश आन्दोलनको क्रममा गौरमा सहिद भएकाहरुको शालिक पनि   भित्र राख्न सकिने मेयर साहले प्रष्ट पारेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु