रौतहट १२ चैत । गरुडा नगरपालिका वडा न. ९ श्रीपुरमा २ करोड ५० लाखको लागतमा नाला सहित ढलान बाटो निर्माण हुदैछ ।
पुर्व पश्चिम ४ सय मिटर दुवै तर्फ नाला सहितको निर्माणधिन ढलान बाटोमा दलित समुदायको लागी बनेको धर्मशाला परेको हुँदा सो बिकासको काम जारी राखी सो धर्मशाला पायक पर्ने अर्को ठाऊमा सार्न लागिएको छ ।
गरुडा नगरपालिकाबाट ३० लाखको लागतमा बनाउने र प्रतिक्षालयको लागी समेत १० लाख नगरपालिकाबाट उपलब्ध गराउने नगर प्रमुख कन्थमणी प्रसाद जयसवालले प्रतिबद्धता जनाएका छन ।