रौतहट १२ चैत । गरुडा नपामा अनियमितता भएको आरोप लगाउदै आवश्यक कागजातहरुको माग गर्दै एक साता देखि आमरण अनसनमा बसेका दिपक यादवले अनसन तोडेका छन् ।
लोसपाको टिकटबाट गएको स्थानीय तहको निर्वाचनमा गरुडा नगरपालिकाको मेयर पदमा निर्वाचन मा उठेका यादवको माग गरुडा नगरपालिकाले पुरा गरेपछि प्रमुख प्रशासकीय अधिकृत भुदेव झाले जुस खुवाएर आईतवार दिउसो युवक यादवको अनसन तोडाएका छन ।
नगरपालिका बाट आफुले पाउनु पर्ने विभिन्न सुचना नपाएको भन्दै नगरपालिका अगाडि बिगत सात दिन देखि आमरण अनशनमा बसेका थिए ।
विभिन्न १२ बुदे माग राखेर यादव अनसनमा बसेका थिए ।
नगरप्रमुख कन्तमणि जयसवाल सहित स्थानिय जनप्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले दिपक यादवको स्वास्थ्यको ख्याल गर्दै आमरण अनसन ताेडन आग्रह गर्दै आएका थिए ।
शनिवार दिपक यादवको समर्थकहरुले गौर चन्द्रपुर सडक खण्डलाई अवरोध गर्न खोज्दा प्रहरीले पाँच राउण्ड टियर ग्यास प्रहार गरेर बाटो खुलाएको थियो ।