रौतहट १२ चैत । सरकारी सार्वजनिक लगायतका निकाय वा राष्ट्रसेवकहरुसंग दुर्व्यवहार, अभद्र व्यवहार, अवाञ्छित गतिविधि नगर्न/नगराउन सरोकारवाला सबैमा जिल्ला प्रशासन कार्यालय रौतहटले अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहट तथा सम्पूर्ण सुरक्षा निकायहरुवाट यस जिल्लाको शान्ति सुरक्षा, जनताको जीउधनको रक्षा, भरपर्दो सेवा प्रवाह, सरकारी तथा सार्वजनिक निकाय एवं सो मा कार्यरत राष्ट्रसेवक कर्मचारीहरुको सुरक्षा हुदै आएको र राष्ट्रसेवक कर्मचारी माथि हुने दुर्व्यवहारका घटनामा कानून बमोजिम मुद्दा चलाउने लगायतका कानूनी कारवाही भएको उल्लेख छ ।
आगामी दिनमा पनि सरकारी / सार्वजनिक निकायमा राष्ट्रसेवक कर्मचारीहरुको सुरक्षा प्रति जिल्ला सुरक्षा समिति संवेदनशील रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुले ढुक्कसंग कर्तव्य पालन गर्नुहुन निर्देशन दिएको छ । गलत कार्य गर्ने व्यक्ति/समूहलाई प्रचलित कानून बमोजिम कारवाही हुने रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र द्वारा जारी पत्रमा उल्लेख छ ।