Thursday, January 23, 2025

इशनाथ मा लोकसेवा तयारी कक्षा संचालन

पछिल्लाे समाचार


राैतहट । खुब पढु,पढते पढते निन्द लागे त ई मोट किताब सिरमा धके सुत जाउं “( धेरै पढ पढ्दा पढ्दै निदाए सिरानीमा मोटो किताब राखेर सुत्नुहोस ) एक कार्यक्रमका अतिथीहरुले सहभागी लाई सुझाव दिएका छन ।
ईसनाथ नगरपालिकाले सञ्चालन गरेको लोक सेवा आयोग तयारी कक्षामा शुक्रबार किताब बांडन पुगेका जनप्रतिनिधिहरुले मोटो किताब देखेपछि धेरै पढ्न हौस्याएका छन ।
सो कार्यक्रममा ईशनाथ नगर प्रमुख काैशल्या देवी सिन्हाले लगानीको प्रतिफल आउने गरि मिहिनेत साथ पढ्न सहभागिलाई आग्रह गरीन ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकुत भुदेव झाले लोकसेवालाई लक सेवा , लेवर सेवा अर्थात भाग्य र मिहिनेतकाे फलकाे रुपमा पनि लिने गरेकाे बताए ।
पटक पटकको प्रयासमा अनेकौं सफलताका कथा सुनाउदै पढने मान्छे सफल हुने उनले दाबि गरेका छन ।
खरिदार स्तरकाे तयारीका लागि ५० दिने कक्षा संचालन भैरहेको छ ।लोकसेवा तयारी कक्षामा एक सय पांच जना सहभागी छन ।
नगर प्रमुख सिन्हा ले ७६ जनालाई लोकसेवा आयोग तयारी कक्षा उपयोगि पुस्तक हस्तान्तरण गरेका छन ।
सो अवसरमा नगर उपप्रमुख प्रवेज आलम , वडा नम्बर ६ का अध्यक्ष जवाहरलाल साह लगाएतको उपस्थिती रहेको थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु