Thursday, January 23, 2025

अपराधीलाई  कानुनको भय  हुन आवश्यक छ ः- प्रजिअ मिश्र

पछिल्लाे समाचार



राैतहट ७ चैत । रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले अपराधीलाई कानुनको भय  नभए सम्म अनुशासित समाजको कल्पना गर्न नसकिने कुरा बताएका छन ।
एकद्वार संकट व्यवस्थापन केन्द्र राैतहटको जिल्ला समन्वय बैठकमा बोल्दै प्रजिअ मिश्रले सो कुरा बताएका हुन ।
लैङ्गिक हिंसा गर्ने लाइ भय देखाउ जरुरी रहेको   तथा स्थानिय तहको सहयोगमा टोल टोलमा प्रहरी परिचालन गरि न्युनिकरण गर्नु पर्ने बताए ।
लैंगिक आधारमा  मधेशमा अपराध बढदै गएकोले सबैलाई सजग र सचेत हुन  प्रजिअ मिश्रले सुझाउ दिएका छन ।
  लैंगिक आधारमा हुने हिंसा पिडितलाई गुणस्तरीय सेवा कसरी दिन सकिन्छ, जिल्लामा लैङ्गिक हिसाका अवस्था, सहयाेग भावि कार्य याेजना सहितका विषयलाई समेटेर तथार गरिएको एक कार्य पत्र प्रादेशिक अस्पताल गाैरका डा.प्रिती झाले प्रस्तुत गरेकी छिन ।
सो बैठकमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक वीर बहादुर बुढामगर, प्रदेशिक अस्पतालका निमित प्रमुख  डा. मुरारी ठाकुर , जेष्ठ नागरिक समाजका अध्यक्ष विजय किशोर झा, नेपाल वार एसोसिएसनका अध्यक्ष नन्दकिशोर साह ,नेपाल पत्रकार महासंघका अध्यक्ष प्रेमचन्द्र झा,सहितले लैङ्गिक हिंसा न्युनिकरण का बारेमा धारणा राखेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु