Thursday, January 23, 2025

समुहमा आवद्घ ले ऋण नतिरेपछि समितालाई सास्ति

पछिल्लाे समाचार

चन्द्रपुर,११ फागुन । करिव २ दशक देखी निर्धन लघुवित्त संग कारोवार गर्दै बचत गरेको एक लाख ५० हजार रकम सो लघुबित्तले फिर्ता नदिएको गुनासो छ ।
चन्द्रपुर ५ नहर टोलकी ६५ बर्षकी समिता सहनीले बचत गरेको एक लाख ५० हजार रकम निर्धन उत्थान लघुवित्तले फिर्ता नगरेको हो ।
निर्धन उत्थानको नाममा संचालिच यो संस्थाले ती बृद्धाको रकम फिर्ता नदिनु कारण भने उनको समुहले ऋण नतिरेकाले हो ।
टोलमा पाँच जनाको समुह बनाएर ऋण लिएकोमा चार जना महिलाले साँवा र व्याज नतिरेपछि लघुबित्तले उनको रकम रोकेको हो ।
उनीहरुले ऋणको र साँवा व्याज नतिरेका कारण आफुले जम्मा गरेको बचत फिर्ता गर्न सो संस्थाले नमानेको भनाइ छ ।
शुरुमा ऋण लिनुस भन्दै लघुवित्तका एजेन्टहरु घर घर आउने एकजना ऋणिले पैसा तिरेन भने समूहबाट असुल गर्ने गरेको समुहमा आवद्ध महिलाहरुको भनाइ रहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु