Thursday, January 23, 2025

रेडक्रस रौतहटको साधारण सभा सम्पन्न

पछिल्लाे समाचार


रौतहट २८ माघ ।नेपाल रेडक्रस सोसाइटी रौतहट जिल्ला शाखा को पांचौ वार्षिक साधारण सभा सम्पन्न भएक‍ो छ ।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश सरकारका  गृह तथा संचार राज्यमंत्री केशव राय, विशिष्ट अतिथि नेकपा एमाले मधेश प्रदेश कमेटीका उपसचिव  आरती भण्डारी, जिल्ला प्रशासन, जिल्ला प्रहरी, ससत्र प्रहरीका प्रतिनिधी , प्रदेश अस्पताल प्रमुख डा ० कृष्ण साह लगाएतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा रेडक्रसका मन्त्री धर्मेन्द्र सिंह, कोषाध्यक्ष राम आधार राय यादव बाट वार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो।
सो दुबै प्रतिवेदन माथी छलफल गरी सभासदहरुबाट पास भएको छ
समीक्षात्मक विचार राख्दै सभापति राज किशोर  यादव बाट कार्यक्रम समापन गरिएको छ ।
वाषिर्क साधारणसभामा मन्त्री धर्मेन्द्र सिहले रेडक्रस का जन्मदाता ज हेनरी डयुना र   सगठन  काे बारेमा बिस्तृत जानकारी गराएका छन ।
जिल्लामा रेडक्रसको एक जिल्ला शाखा र १२वटा उपशाखा रहेकाे छ ।
शितलहरमा गरिव ,एकल महिला विपन्न परिवारलाई ६ सय ४५ जनालाई न्यानो कपडा,कम्बल ,बल्ड,प्राथमिक उपचार गरिएकाे छ।
  काेषाध्यक्ष राम अधार यादवले २०७९/८०का लागि प्रस्तावित आय ब्यय  प्रस्तुत गरेका छन।
शाखाले १२वटा समिति निर्माण गरेर विभिन्न क्षेत्रमा याेगदान गर्दै आईरहेकाे प्रचार प्रसार समिति का सयाेजक राम एकवाल साहले बताए।
राज्यमन्त्री केशव रायले मधेस प्रदेश मा रहेका सबै मन्त्रालय संग समन्वय गरेर रेडक्रस लाई सहयाेग गर्ने बताएका छन ।
कार्यक्रममा  विभिन्न कार्यालयका प्रमुख , राजनैतिक दलका प्रतिनिधि  ,रेडक्रस सभासद सचारकर्मी हरुको  उपस्थिति रहेकाे  थियो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु