काठमाडौ ७ फागुन । नेपाल सुशासन पार्टीका केन्द्रीय अध्यक्ष रमेश खरेलले नेपालमा राजनितीमा नैतिकता र ईमान्दारिताकाे ठुलाे खांचाे रहेको बताएका छन ।
सुशासन पार्टीले ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आईतवार केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बाेल्दै अध्यक्ष खरेलले एकले अर्कालाई सम्मान गर्न समेत नजान्नेले देश र जनतालाई कसरी नेतृत्व दिन सक्छन् ।
नैतिकवान र ईमान्दारले मात्र अब जनताका बिच खराे उत्रिन सक्छन उनले दावि गरेका छन ।
पछिल्लो चुनावले देखाएको मत परिणामले सबै मिलेर नयां सिराबाट आगाडी बढाैं बताए।
खरेलले रविबाट ठुलाे आश थियो तर त्यो देखिएन ।अब हामी नै छाै । बैशाख १ गते नयां घाेषणाका साथ आगाडी बढ्ने घाेषणा गरेका छन ।
नेपाल सुशासन पार्टीका केन्द्रीय उपाध्यक्ष तुलाराज वस्यालले एक जना नेपाली जनता माथी ६८ हजार रुपैयाँ ऋण छ । २०७४ सालदेखि ४.३ आर्थिक वृद्धिदर छ । भविष्यका पुष्ताले पनि अझै ऋण मै रहने छन । कुशल नेतृत्व र सुशासनकाे अभावमा देश अधाेगति तर्फ लागि रहेका छन । अहिलेका राजनिती परिवेशबाट सुधार हुने लक्षण देखिएन उपाध्यक्ष बस्यालले बताएका छन ।
सरकारले जनतालाई गाँस, वांस ,कपासको अलावा अब शिक्षा – स्वास्थ्य, राेजगारी , बति, बाटो र पानीकाे अनिवार्य व्यवस्थापन गर्नु पर्नेमा उनले जाेड दिएका छन ।
राज्यले ईनर्जि र एजुकेसन फ्रि गर्नु पर्दछ । सवै किसानलाई सुखि पार्ने सरकारले भनेको धेरै भयो । एउटा पेशा व्यवसाय नभएकालाई राजनिती जरुरी छैन ।
रवि लामिछाने संग एजेन्डा नै छैन । उनलाइ यो स्थानमा ल्याउन चितवनले धक्का दिएकै हो । बाबुराम भट्टाराई २१ अर्बको हिसाब नमिलेर माओवादी छाडे अब फेरि फर्किएका छन । भट्टाराईले कम्तिमा साढे दस अर्बको हिसाब दिनु पर्दछ । यदि हाेईन भने नेताले झुठो बोल्नु पनि भ्रष्टाचार हो ।
नेपाली राजनितीमा १२ दिनमा रविकाे समर्थन गैर अवासिय नेपालीले बढाएका हुन । अब नेपाली राजनीतिमा बाहिर गएकाहरुकाे भुमिका जरुरी रहेको बताए । रविलाई ईण्डिया र चाईनाले हेर्ने नजर बदलिएको छ ।
राजनितीमापांच एम चाहिन्छ मनि ,मेन पावर , मेकेनिजम, मोनिटर , माेटिभेसन ।
नेपालीको ईच्छा र प्रकृति बलियाे हुदाहुदै पनि अन्ध विश्वासका कारण नेपालीकाे आत्मविश्वास हुन नसकेको कारण देश विकास गर्न पछाडि परेकाे बताए ।
नेपाल सुशासन पाट्रीका राैतहट अध्यक्ष तथा सांसद प्रत्यासी रन्जित पटेलले सरकारी कर्मचारीले हाजिरी गरी तलव र काम गरि घुस खाने गरेको आरोप लगाए । कार्यक्रममा पार्टीका महासचिव गाेविन्द गिरि, केन्द्रीय सदस्य बसन्त तिवारी , राैतहट जिल्ला सचिव हरि विनय साह निराला सहितले अब पार्टीको दशा र दिशाकाे बारेमा बाेलेका थिए ।