Wednesday, January 22, 2025

मौलापुरमा अगामी फागुन ५ देखि  मधानी महायज्ञ हुंदै

पछिल्लाे समाचार


रौतहट २२ माघ । मौलापुर नगरपालिकामा अगामी फागुन ५ देखि ७ गतेसम्म  मधानी महायज्ञ हुनगैरहेको छ।
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मौलापुर नगरपालिकाले आयोजना गर्दै आएको मधानी महायज्ञ यस वर्ष फागुन ५ गतेदेखि ७ गतेसम्म पुरातात्त्विक महादेव मंदिर परिसरमा हुन लागेको हो । मौलापुर नगरपालिका-५, पतौरा स्थित पुरातात्त्विक महादेव मन्दिरको प्राङ्गणमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा  यसपटक मधानी महायज्ञको  उपराष्ट्रपति नन्द बहादुर पुनले उद्घाटन गर्ने कार्यक्रम रहेको मौलापुरका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताएका छन ।
ऐतिहासिक,धार्मिक तथा सांस्कृतिक महत्व झल्किने किसिमले आयोजना हुनलागेको  महायज्ञ फागुन ५ गते शुभारम्भ भई फागुन ७ गते समापन हुने बताईएको छ।
  महायज्ञको उद्घाटन गरेपछि  नेपाली चलचित्र क्षेत्रका लोकप्रिय नायक भुवन केसी,भारतिय भोजपुरी गायिका ईन्दु सोनाली लगायतका कलाकारले सांस्कृतिक प्रस्तुति दिनेछन् ।
फागुन ६ गते यज्ञ अनुष्ठान हुनुका साथै भोजपुरी चलचित्र एवम् संगीत क्षेत्रका लोकप्रिय कलाकार पवन सिंह तथा नायिका काजल राघवानी सहित भारत तथा नेपालका अन्य चर्चित नेपाली तथा भारतीय कलाकारको सांस्कृतिक प्रस्तुति रहनेछ । फागुन ७ गते भने नेपालको चर्चित कुस्ती खेलाडी देवा थापासहित चर्चित पहलमानहरुको सहभागितामा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता आयोजना हुने अधिकृत साहले बताए ।
महादेव मन्दिर परिसरमा  फागुन ५ देखि लगातार तीन दिन बेलुका शिवलिला प्रदर्शन गर्ने  कार्यक्रम रहेको छ।
मौलापुर  नगरप्रमुख रिनाकुमारी साहले महायज्ञले मौलिक संस्कृतिको जगेर्ना गर्नुका साथै यस क्षेत्रको विशेष अनुष्ठान मधानीले विश्वस्तरमा चर्चा पाएको बताइन् ।
पुरातात्त्विक महादेव मन्दिरलाई विश्व सम्पदा सुचीमा पुर्याउन आफु निरन्तर प्रयत्नरत रहेको उनले बताईन ।
सरकारले देशमा थप नयाँ सय पर्यटकीय गन्तव्यमा पुरातात्त्विक  मन्दिर छनोट गरेको छ । पुर्व मन्त्री प्रभु साहको सल्लाह तथा मेयर रिना साहको सक्रियतामा २०७६ साल देखि मौलापुर नगरपालिकाले मधानी महायज्ञको आयोजना गर्दै आएको छ ।
धार्मिक सांकृतिक,कुस्ती लगायत विभिन्न कार्यक्रम हुँदै आएको मधानी महायज्ञको अवसरमा एकहप्ता सम्म मौलापुरमा लाग्ने मेलामा पर्सा,बारा,रौतहट ,सर्लाहीका साथै सिमावर्ती भारतिय क्षेत्र बाट लाखौं भक्तजन आउने गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु