रौतहट ४ फागुन । रौतहटको मौलापुर स्थित पुरातात्त्विक महादेव मंन्दिरमा हुने मधानी महायज्ञको तयारी पूरा भएको आयोजक मौलापुर नगरपालिकाले जनाएको छ ।
फागुन ५ गते देखि सुरुहुने मधानी महायज्ञ विशेष समारोह को तयारी पुरा भएको आयोजक मौलापुर नगरपालिकाले जनाएको हो ।
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मौलापुर नगरपालिकाले मधानी महायज्ञको आयोजना गर्दै आएको छ ।
मौलापुर नगरपालिकाकी नगरप्रमख रिनाकुमारी साहले पुरातात्त्विक महादेव मन्दिर परिसरमा सञ्चारकर्मी संग कुरागर्दै मधानी महायज्ञ विशेष समारोह को तयारि पुरा भएको जानकारी दिएकी छन ।
महायज्ञको अवसरमा भगवान शिवको विशेष पुजा अनुष्ठान, मौलापुर भुमि पुजन ,अस्टयाम , महायज्ञका साथै सांस्कृतिक कार्यक्रम तथा कुस्ती खेलको आयोजना हुने मेयर रिना कुमारी साहले बताईन् ।
फागुन ५ गते मधानि महायज्ञको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर द्वारा गरिने छ ।
उक्त अवसरमा विभिन्न राजनीतिक दलका नेताहरु , प्रतिनिधिसभा सदस्यहरु , मधेश प्रदेश सभाका सदस्यहरु तथा विभिन्न पालिकाका प्रमुख , उपप्रमुख लगायत लाई आमन्त्रण गरिएको आयोजक मौलापुर नगरपालिकाले जनाएको छ । सांस्कृतिक कार्यक्रममा नेपालका सिने जगतका महानायक राजेश हमाल लगायत रास्ट्रीय स्तरका चर्चित कलाकारहरु , साथै भारतिय चर्चित भोजपुरी नायक पवन सिंह, नायिका काजल राघवानी, भोजपुरी गायिका ईन्दु सोनाली एवं अन्य चर्चित कलाकारहरुको प्रस्तुति रहने मौलापुर नगरपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जनाकारी दिए ।
अन्तराट्रियस्तरको कुस्ती प्रतियोगिता,ब्यापार मेला , विभिन्न खेल को आयोजना हुने अधिकृत साहले बताएका छन् ।