चन्द्रपुर २७ माघ । आलु खेती गर्ने किसानहरु यो बर्ष रौतहटमा घटेका छन् । आलुखेतीका लागि यस वर्ष मौसम अनुकूल भएपनि रौतहटका किसानहरूले लागत अनुसारको आम्दानी नहुने गरेको भन्दै आलु खेती गर्न छाडेका हुन् ।
रौतहटमा गत वर्षको तुलनामा यसवर्ष आलुखेती कम भएको बताइएको छ ।
जिल्लाको वृन्दावन नगरपालिका -१ बलरीका किसान अर्जुन राउतले आलुखेतीका लागि बिउ महगोमा खरीद गरेको बताए। नेपाली आलुको बीउ स्थानीय पालिकाले उपलब्ध नगराएको कारण भारतबाट खरीद गरेर ल्याएकोमा कमसल बीउ परेको किसानको गुनासो छ ।
आलुखेतीको लागि यो वर्ष समय अनुकूल रहेको तर बीउको कारण उत्पादन सोचे अनुसार नभएको किसान बताउछन ।
पालिकाहरुमा कृषि गाभिएपछि कृषि विकास कार्यालय प्रदेशमा गाभिएर कृषि ज्ञान केन्द्र भएको छ । केन्द्रले किसान लक्षित कार्यक्रमहरू प्रभावकारी रुपमा नल्याएको किसानको गुनासो छ ।