Thursday, January 23, 2025

मधेश प्रदेशमा मन्त्रिपरिषद् बिस्तार

पछिल्लाे समाचार


जनकपुर २० माघ ।मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् ।
महेश प्रसाद यादव शिक्षा, विज्ञान प्रविधि तथा बाणिज्य मन्त्री, सुरिता कुमारी साह सामाजिक विकास तथा सत्रुधन प्रसाद महतो कोईरी गृह तथा सञ्चार मन्त्री नियुक्त भएका छन् ।
सिंहासन कलावार खानेपानी तथा उर्जा विकास, राजकुमार लेखी कानून न्याय तथा प्रदेश मामिला र मोहम्मद जयद खाँ आलम महिला तथा बालबालिका, युवा तथा खेलकुद मन्त्री बनेका छन् ।
यसैगरी शेख अब्दुल कलाम आजाद सामाजिक विकास राज्यमन्त्री, केशव राय गृह तथा सञ्चार राज्यमन्त्री र सञ्जयकुमार यादव भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री बनेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु