गरुडा,२० माघ । नेकपा एमालेको चुनाव चिन्ह्बाट चुनाव जितेर अन्य पार्टीमा लागेकाे आरोपमा नेकपा एमालेले धमाधम स्पष्टीकरण सोध्न थालेको छ ।
पार्टीलाई चित्त बुझदो जवाफ नदिए नेकपा एमालेको सुर्य चिन्ह्बाट चुनाव जितेर अन्य पार्टीमा लागेकाहरु माथि एमालेले कार्वाही गर्ने भएको छ ।
नेकपा एमालेको चुनाव चिन्ह्बाट देवाही गोनाही नगरपालिकाको उप मेयर जितेकी परनिया देवी पटेलले आफु कुनै पार्टीमा नगएर एमालेमै रहेको दाबि गरेकी छिन ।
उनको आफ्नो फेसबुक मा आफु एमालेमै रहेको र प्रभु साहको पार्टीमा नगएको बताएकी हुन ।
गएको १३ गते माघमा सासद प्रभु साहको प्रमुख आतिथ्यतामा विद्यालय भवनको शिलन्यास भएको थियो ।
देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह र मौलापुरका प्रमुख रिना साहलाइ नेकपा (एमाले) मधेश प्रदेश कमिटीले दोस्रो पटक स्पष्टिकरण सोधेको थियो । २४ घण्टाभित्र चितबुझदो स्पष्टिकरण नदिए कारवाही गर्ने कमिटीले चेतावनी दिएको भएपनि दुबै जनाले पत्रको जवाफ दिएका छैनन ।
देवाही गोनाही नगरपालिकाका मेयर साहलाई सोधिएको स्पष्टीकरण पत्र उनले बुझ्न नमानेपछि नगरपालिकाको सुचना पाटीमा सो सुचना टाँस गरिएको थियो ।