रौतहट ९ फागुन । बैंक तथा वित्तीय संस्थाहरुको चर्को ब्याजदरका कारण रौतहटका उद्योगी व्यवसायी पिडित बन्न थालेका छन ।
बैंकहरुको ब्याजदर अत्याधिक वृद्धि भएपछि बैंक तथा वित्तीय संस्थाहरुबाट सहुलियत दरमा ऋण लिएकाहरुले मर्कामा परेकाे गुनासो गरेका छन ।
बैंकहरुको व्याजदर ११ प्रतिशतबाट बढेर १८ प्रतिशतसम्म पुगेपछि बैंकको किस्ता तिर्न नसक्ने अवस्था आएको ऋणिहरुले बताएका छन ।
महगी काे मार खेपिरहेका हरु अहिले बैंकको व्याजदर अत्याधिक बढेपछि थप पिडित बनेका छन ।
अवस्थामा बैंकको ब्याजदर उच्च भएकाले ब्याज किस्ता तिर्न नसकेर व्यवसायीहरु तनावमा रहेको नेपाल सुनचाँदी महासंघका मधेश प्रदेश अध्यक्ष रामजी साह ले बताए । ।
१० / ११ प्रतिशत ब्याजदरमा बैंकबाट कर्जा लिएकाहरुले अहिले १८ प्रतिशतसम्म ब्याजदर तिर्न बाध्य रहेको अध्यक्ष साह बताउछन ।
बैंकबाट कर्जा लिएर शिवनगरमा व्यवसाय सुरु गरेका माधवनारायाण नगरपालिकाका शिवजी सिंहले व्यापार घटिरहेका बेला कर्जाको ब्याजदर बढ्दा तनाव शुरु भएको बताउछन ।
उद्योगी व्यवसायीहरुले बैंकहरुले अस्वभाविक रुपमा वृद्धि गरेको व्याजदर घटाउन माग गर्दै आएका छन ।