चन्द्रपुर,२७ माघ । बृन्दावन नगरपालिकाका मेयर बिनोद प्रसाद कुर्मीले नदि उत्खनन गर्दा ठेक्का नलगाइ अमानतमा आफन्त राखेर कर उठाइरहेकाे गुनासो छ ।
बागमती नदि उत्खननका लागि ठेक्का लगाउनु पर्नेमा मेयर कुर्मीले आफ्नै आफन्त मार्फत दैनिक ज्यालादारीका काममा मानिस राखेर नदि उत्खननको अमानतमा कर उठाएको भन्दै स्थानीयले कर उठाउन बनाएको छाप्रो तोडफोड गरेकाछन् ।
रमौली घाटमा पुगेका स्थानीयले मेयरले मनपरी गरेको भन्दै कर उठाउन बनाएको खरको छाप्रोनै तोडफोड गरेका थिए ।
मेयर कुर्मीले नदिको ठेक्का नलगाएर आफ्ना मान्छेलाई अमानतमा नदि उत्खननको पुर्जि काटन लगाएको भन्दै कर उठाउने छाप्रोनै भत्काएको बृन्दावन नगरपालिकाको वडानं २ का वडा अध्यक्ष शिकेन्द्र पटेलले जानकारी दिए ।
चुनाव खर्च उठाउनका लागि मेयर कुर्मी र कार्यालय प्रमुख खिम बहादुर भुजेलको मिलेमतोमा एक टिफरको पुर्जी काटेर चार टिफर नदिजन्य पदार्थ पठाउने गरेको गुनासो स्थानियको छ ।
नदि उत्खनन् मा अनियमिता गरेको भन्दै नदि उत्खननमा रोक लगाएको जसपा नेपालका मधेश प्रदेश सदस्य तथा स्थानीय बासिन्दा बिबेक पटेलले बताएका छन ।
त्यस्तै जिल्लाको बृन्दावन नगरपालिकामा मेयर र प्रशासकिय प्रमुखको मिलेमतोमा व्यापक भ्रष्टाचार भएको भन्दै चार राजनैतिक दलले आरोप लगाएकाछन् ।
शुक्रबार बृन्दावन नगरपालिकामा पत्रकार सम्मेलन गरेर ,नेकपा एमालेका प्रेमशंकर यादव ,नेपाली काँग्रेसका रामस्नेही यादव ,माओवादीका राम प्रसाद पटेल र जसपा नेपालका बिबेक पटेलले मेयर बिनोद प्रसाद कुर्मी र कार्यालय प्रमुख खिम बहादुर भुजेलको मिलेमतोमा बृन्दावन नगरपालिकालाई भ्रष्टचारको अखडा बनाएको आरोप लगाएका हुन ।
बृन्दावन नगरपालिकाका मेयर कुर्मीले आफ्नो दुई वटा ट्रक र स्काभेटरमा नगरपालिकाको तेल हाल्ने गरेको समेत आरोप लगाएकाछन् ।
बिकासको काममा व्यापक कमिसन लिने गरेको,नदि जन्य पदार्थमा अमानतको नाममा अनियमितत गरेको ४ दलको आरोप छ ।
बृन्दावन नगरपालिकामा भएको भ्रष्टाचारको बिरुद्धमा चार दलले आउने दिनमा शसक्त आन्दोलन गर्ने चेतावनी दिएका छन ।