Thursday, January 23, 2025

बालिकामाथि भएको बलात्कार घटनाको मुद्दा फिर्ता लिन पिडित लाई दबाब !

पछिल्लाे समाचार


बारा २० माघ ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका–४ औराहाकी  १३ वर्षिया  वालिका लाई पुस १० गतेे  बलत्कार गरेको आरोप लागेका हरुको मुद्दा फिर्ता लिन दवाव आएको पिडित पक्षको भनाई छ ।
बालिकाहरु आमा लाई सोधेर साथीलाई पुर्याउन गए , घर नजिक पुगेका उनीहरु विशेष आर्थिक क्षेत्र (सेज) घुम्न गए । त्यहाँबाट फर्किर उनीहरु  अन्टिको घरमा गए । उनीहरु त्यहाँबाट फर्किने क्रममा गाउँका दुई जना किशोरले आए । उनीहरुसंग कुराकानी पनि भयो । घर आउने क्रममा साँझ परिसकेको थियो । केहि अगाडी पुगेपछि सुनसान अध्यारो ठाउँमा ती किशोरहरुले उनीहरुलाई जर्बजस्ती  गरेको घटना त्यसबेला परिवारले सार्वजनिक नगरेको अधिकारकर्मीहरुको भनाई छ ।
त्यसको ८ दिनपछि दुवै बालिका  विद्यालयको टिफिन टाईममा चट्पटे खान नजिकैको देवाश्रम पुगे । त्यहाँ ती किशोरहरु पनि आईपुगे । उनीहरुलाई पुनः जर्बजस्ती हातमा तानेपछि हातमा टोकेर उम्किन सफल भएको किशोरीहरुको भनाई छ ।
त्यहाँबाट उम्किएकी बालिका परिवारसहित ईलाका प्रहरी कार्यालय पुगेकी थिईन् । उनले किशोर विरुद्ध किटानी जाहेरी दिएकी छिन् ।
घटना भएको एक महिना वितिसकेको छ । १६ माघमा १३ वर्षिया बालिकालाई मेचि महाकाली बुहारी संयुक्त आवाज मधेस प्रदेशले चन्द्रपुरमा सञ्चालन गरेको सेभ हाउसमा तीन दिन राखेर घर पठाइएको छ ।
पीडित बालिकालाई तीन दिन राखेर  उपचार र परामर्शपछि आबश्यक लत्ताकपडासहित अभिभावकलाई जिम्मा लगाईएको मेचि महाकाली बुहारी संयुक्त आवाज मधेस प्रदेशकी अध्यक्ष पुजा पाठक तिमल्सिनाले बताईन् ।
पीडित परिवारलाई गाउँमै घटना मिलाउन दबाब परेको छ । उपचार खर्च, पढाई खर्च व्यहोर्ने सर्तमा मुद्दा फिर्ता लिन दबाब दिईएको पीडित परिवारले जनाएको छ ।
पीडक गाउँमा खुल्यआम घुमेपनि प्रहरीले पक्राउ नगरेको पिडितको गुनासो छ ।
ईलाका प्रहरी कार्यालय सिमराका डिएसपी  युवराज तिमल्सीनाले दुई जना बालिकामाथि दुई जना नाबालकले बलात्कार गरेको जाहेरी र बयानका आधारमा अनुसन्धान भईरहेको बताए ।
डिएसपी  तिमल्सीनाले बालिका बलात्कार घटनामा संलग्न भएका नाबालकलाई पक्राउ गरि अनुसन्धानपछि बालसुधार गृह पठाईसकेको र अर्का एक नाबालक फरार रहेको बताएका छन ।
फोटो :अधिकारकर्मी पाठक सग पिडित बालिका

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु